
कैलालीमा घाँटी रेटेर एक युवकको हत्या गरिएको छ । जिल्लाको जानकी गाउँपालिका–९ को अमरावती सामुदायिक वनमा घाँटी रेटेर हत्या गरेको अवस्थामा सोही ठाउँका २५ वर्षीय अरुण दास मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले सामुदायिक वनमा घाँटी रेटेर हत्या गरेको अवस्थामा दासको शव फेला परेको जानकारी दिए । शनिबार बिहान घरबाट निस्किएका उनी दिउँसो करीब पौने ४ बजेको समयमा मृत अवस्थामा भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
आफ्नो प्रतिक्रिया दिनुहोस




