घरेलु मैदानमा मनाङ मर्स्याङ्दीको सानदार जित, पुलिस क्लब पराजित

मनाङको लागि कप्तान अञ्जन विष्टले दुई र निशान लिम्बुले एक गोल गरे । जितसँगै मनाङ पाँच खेलमा १३ अंकसहित शीर्ष स्थानमा पुगेको छ । नेपाल पुलिसले भने पाँच खेलमा पाँच अंक मात्रै जोडेको छ ।

अर्को खेलमा जावलाखेल क्लबले च्यासल युथ क्बललाई हराएको छ । लिगमा पहिलो जित निकाल्ने क्रममा जावलाखेलले च्यासललाई १–० गोलले हरायो । दशरथ रंगशालमा भएको खेलमा उसका लागि विदेशी खेलाडी निकोलस फर्नान्डेजले गोल गरे । जितसँगै जावलाखेल चार अंकका साथ १० औँ स्थानमा उक्लिएको छ । च्यासल ११ औँ स्थानमा झरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close