
बीरगन्ज, ३ पुष
प्याब्सन पर्साको शनिबार सम्पन्न १५ औं जिल्ला अधिवेशनबाट अध्यक्षमा पुरन प्रधानसहित सम्पूर्ण १८ सदस्यीय कार्य समिति निर्विरोध चयन भएको छ । होटल भिस्वामा सम्पन्न अधिवेसनको बन्द सत्रले अध्यक्षमा प्रधानसहित वरिष्ठ उपाध्यक्षमा सरोज प्रसाद चौधरी, उपाध्यक्षमा शिव गुप्ता, सचिवमा राहुल श्रीवास्तव, कोषाध्यक्षमा सुशीला साह, सह सचिवमा विरेन्द्र यादव, सह कोषाध्यक्षमा रामकिशोर यादवलाई निर्विरोध चयन गरेको हो ।
यसैगरी, सदस्यमा परिक्षा पिया लामा, राजेन्द्र चौधरी, मार्टिन मोक्तान, जेपी चौरसिया, सन्तोष कुमार, विश्वराज घिमिरे, सुरेश पन्त र सुदिल कुमार पनि निर्विरोध रुपमा चयन भएका छन् ।
निर्विरोध चयन भएका नव गठित कार्यसमितिका पदाधिकारीसहित सम्पूर्ण सदस्यहरुलाई प्रमुख निर्वाचन आयुक्त मणि पाख्रिनले शनिवारै नै शपथ पनि खुवाएका छन् ।
यसअघि, प्याब्सन पर्साको १५ औं जिल्ला अधिवेशनको नेपाल सरकारका वन तथा वातावरण मन्त्री रामसहाय यादवले पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए ।
प्याब्सन पर्साका नि. वर्तमान अध्यक्ष डा. हरिशंकर साहको अध्यक्षतामा सम्पन्न १५ औं जिल्ला अधिवेशनको उद्घाटन सत्रमा, सांसद हरिनारायण रौनियार, प्रदेश सभासद करिमा बेगम, बीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगी, चण्डी प्रसाद गण बीरगन्जका प्रमुख सेनानी मनोज कार्की, प्याब्सनका केन्द्रिय सदस्य प्रकाश उपाध्याय, नेकपा एमालेका पर्सा अध्यक्ष प्रभु हजरा, प्रहरी उपरीक्षक रमेश बस्नेत, अभिभावक संघका अध्यक्ष अमर गौतम, पत्रकार महासंघका अध्यक्ष अनुप तिवारी, नेपाली काँग्रेस जिल्ला सचिव श्याम पटेल, लोकतान्त्रिक समाजवादी पार्टीका शंकर कर्ण प्याब्सनका सल्लाहकारहरु, संस्था आवद्ध विद्यालयका संस्थापक तथा प्रिन्सिप, पत्रकार लगायतको उपस्थिति रहेको थियो । उद्घाटन सत्रमा बोल्दै वक्ताहरुले अधिवेशनको सफलताको शुभकामना व्यक्त गरेका थिए ।




