
बारामा एक स्वास्थ्यकर्मीसहित थप आठ जनामा कोरोना संक्रमण
वीरगञ्ज – बारामा एक स्वास्थ्यकर्मीसहित थप आठजनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । जिल्लाको पचरौता नगरपालिकामा ८ जनामा कोरोना भाईरसको संक्रमण भेटिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नवल यादवले जानकारी दिए ।
उनले एक जना पुरुष स्वास्थयकर्मीसहित अरु ७ जना गरि थप ८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको बताए । कोरोनाको संक्रमण देखिएका स्वास्थ्यकर्मी नगरपालिकाको तर्फबाट क्वारेन्टाईनमा खटिँदै आएका यादवले बताए ।
बाँकी ७ जना भने स्थानीयबासी रहेको तथा उनीहरु भारतबाट फर्केको उनले जानकारी दिए । यादवका अनुसार भारतबाट फर्केका ७ जना नगरपालिकाको क्वारेन्टाईनमै बस्दै आएका थिए ।deshsanchar
आफ्नो प्रतिक्रिया दिनुहोस




