
हिमालयन पिरामिड कलेज प्लटु साइन्समा अध्यापन गरिरहेका कक्षा ११ र १२ का विद्यार्थीहरुलाई नगर प्रमुख बिजय कुमार सरावगीले बीरगंज स्मार्ट सिटि बनाउने तयारीमा जुटेको बताए । मेयर संग नयाँ पुस्ता कार्यक्रममा बोल्दै उहाले बीरगंज फराकिलो बनाउने अभियानमा आफू लगेको तर १५ मिटर तोडने कि २५ मिटर भन्ने बिषय अहिले मुख्य बिषय बनेको बताउनुभयो ।
उनलेे भने अहिले उक्त स्मार्ट सिटिको लागि रु ५ करोड बजेट छुट्टै सकेको र सर्वोच्च अदालतबाट फैसला आउने बितिकै महानगरपालिकाले काम शुरु गर्ने बताए।बीरगंज अहिलेसम्म अवस्थित रहेकोले यसलाई ब्यवस्थापन गर्न आफू दिनरात लागि परेको र आफू जादाजादै विकास निर्णयहरु गरेर जाने समेत बताएका छन्।
विद्यार्थीहरुले ११,१२ पदे पछि यहाँ उच्च शिक्षा हासिल गर्ने कलेज नभएको र यसको बिकल्प ,छात्राहरूलाई शुलब तरीकाले सिनेटेरि प्याड महानगरपालिकाले उपलब्ध गराउनुपर्ने सुझाव राखेको संचालक एवम् प्रिन्सिपल संजय कुमार सिंहले जानकारी दिनुभएको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस




