चारवडामा एकैसाथ छुट्टाछुट्टै पार्टी प्रवेश: महानगर अध्यक्ष भन्छन लोसपा बाहेक अर्को बिकल्प छैन।

वीरगन्ज १० पौष । लोसपा वीरगन्ज महानगर कार्य समिति द्धारा महानगरको वडाहरुमा आज एकैदिन छुट्टा छुट्टै पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ।

पौष अन्तिम सम्म नगरकमिटी बिस्तारको उदेश्यले सुरु गरिएको नगर बिस्तार कार्यक्रम अन्तरगत आज वीरगन्ज महानगरको तिनवटा वडाहरुमा पार्टी प्रवेश संगै सदस्य वितरण कार्यक्रम सम्पन्न भएको छ।

वीरगन्ज महानगरपालिकाको वडा नं ७, १६ र ३२ , मा गरिएको उक्त कार्यक्रममा महिला र पुरुष गरि पाचसय भन्दाको संख्यामा पार्टी प्रवेष गरि सदस्यता प्राप्त गरेका थिए ।

कार्यक्रमको सम्बोधन गर्दै नगरकार्य समितिका अध्यक्ष ओमप्रकाश सरार्फले वर्तमान राजनीतिको अवस्था हेर्दा मधेश र मधेसीको हक हितका लागिए लोसपा बाहेको अर्को विकल्प नरहेको बताएका थिए।

कार्यक्रममा नेताहरु रम्भा मिस्र, जिल्ला सचिव राजनरायण मिश्र , नगर स- सचिव रेखा सरार्फ, अन्जना गुप्ता लगायतका सहभागिता रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close