प्रतिनिधि सभाको बैठक स्थगित, अर्काे बैठक पुस २८ गते बस्ने

काठमाण्डाै – भोलि बिहीवारका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । अर्को बैठक यही पुस २८ गते बुधवार बस्नेछ ।

सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले आज बुधवार सूचना निकालेर बैठक यही पुस २८ गते दिउँसो १ बजे बस्ने जानकारी गराउनुभएको हो ।

‘प्रतिनिधि सभा नियमावली २०७५ को नियम (६) को उपनियम (३) बमोजिम प्रतिनिधि सभाको अर्को बैठक यही पुस २८ गते दिउँसो १ बजे बस्ने गरी निर्धारण गरिएको छ’ , सूचनामा भनिएकाे छ ।

यसअघि पुस १८ गतेका लागि बोलाइएको बैठक पनि सूचना टाँसेर स्थगित गरिएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close