
पोर्चुगल पठाईने भन्दै ठगी गरेको आरोपमा महानगरीय प्रहरी परिसर टेकुले दूईजनालाई पक्राउ गरेको छ . बाग्लुंगको गल्कोट घर भई हाल काठामाण्डुको कोटेश्वर स्थित Uniworld International Tours & Travels Pvt. Ltd. सञ्चालन गरी का.जि. मैतिदेवी बस्ने वर्ष २८ को अमृत सोती मगर समेतले वर्किङ भिषामा पोर्चुगल जान प्रति व्यक्ति रु. १४,००,००० ।- (अक्षरुपी चौध लाख) लाग्छ पोर्चुगलमा पुगे पश्चात राम्रो होटल तथा कम्पनीमा काममा लगाइदिन्छु मासिक रु. १,००,०००/- भन्दा बढी कमाई हुन्छ भनी झुक्याई प्रलोभनमा पारी जिल्ला रुपन्देही बुटवल उ.म.न.पा. वडा नं. १९ बस्ने वर्ष २६ को लक्ष्मण थापा समेत ४ जना बाट प्रतिव्यक्ति दश लाखका दरले रु. ४०,००,०००/- (अक्षरुपी चालिस लाख रुपैयाँ ) रकम लिई ठगी गरेकोले मिति २०७८।०९।२० गते निजहरूलाई पक्राउ गरी थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर टेकु, काठमाडौँ पठाईएको ।





