प्रदेश सभा सदस्य कलवार ले क्वारेन्टाइनमा स्वास्थ्य र खाने सामाग्री वितरण गरे  

प्रदेश सभा सदस्य कलवार ले क्वारेन्टाइनमा स्वास्थ्य र खाने सामाग्री वितरण गरे

राजन कुमार बानिया
पोखरिया १७ जेस्ट
पर्सा क्षेत्र ४ का (ख) का प्रदेश सभा सदस्य सिंगासन साह कलवारले एक कार्यक्रमका बिच कोरोना संक्रमन हुन सम्भावीत जोखिम बाट बचाउनको लागि अाफ्ना क्षेत्रका ५ वटा क्वारेन्टाइन मा रहेका लागि स्वास्थ्य समाग्री र खाने फलफुल स्याउ र बिस्कुट बितरण गर्नु भएको छ।

कोरोना बिरुधको लडाईमा आफ्नो महत्वपूर्ण योगदान दिदै आफ्नो ब्यक्तिगत खर्च बाट प्रदेश सभा सदस्य कलवार ले अाज पर्साको धोबिनी गाउँपालिका मा रहेको श्री काली प्रसाद लाखे माध्यमिक बिधालय मा रहेको क्वारेन्टाइन २४ जना लाई ,छिपहरममई गाउँपालिका श्री मंगल माध्यमिक बिधालय भिस्वा,नेरा प्राबी तुल्सिवर्वा,नेरा प्राबि बुढगाई को क्वारेन्टाइन मा रहेको १०४ जना र कालिकामाई गाउँपालिका को हरिहरपुर मा रहेको क्वारेन्टाइन का १८ जना गरि १ सय ४६ जना लाई ब्यक्तिगत बचाव को लागि र कोरोना संक्रमण हुने सम्भावीत जोखिम बाट बचन को लागि मास्क,सेनिटाईजर, साबुन र खाने स्याउ,बिस्कुट बितरण गर्नुभएको छ। साथै क्वारेन्टाइन मा चेकजाँच को लागि स्वास्थ्यकर्मी हरु को लागि पिपिइ सेट र थर्मल गन र सेनिटाईजर बितरण गरिएको प्रदेश सांसद कलवार का स्वकीय सचिव दिपेन्द्र साह ले जनाएका छन। प्रदेश सांसद कलवार अाफ्ना क्षेत्रमा रहेको पाँच वटा क्वारेन्टाइन मा गई क्वारेन्टाइन मा रहेका जनता हरु संग समाजिक दुरी बनाई भेटघाट गरि समाग्री हरु बितरण गर्नुको साथै बिश्वब्यापी महामारी को रुपमा फैली रहेको कोरोना भाईरस बाट वचन कोलागी सुरक्षा को साथै सतर्कता अपनाउन जरुरी रहेको बताउनु भयो ।साथै गाउँपालिका स्वास्थ्य संयोजक हरु लाई स्वास्थ्य समबन्धी समाग्री क्वारेन्टाइन को लागी बितरण गर्नु भएको थियोे ।

क्वारेन्टाइन मा स्वास्थ्य र खाने समाग्री बितरण कार्यक्रम मा जनता समाजबादी पार्टी का पर्सा जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादव, जिल्ला सचिव तबरेज अालम, नेपाल निर्माण ब्यवसायी संघ पर्सा का बरिस्ट उपाध्यक्ष दिभाकर पटेल, ,प्रेस फोरम पर्सा अध्यक्ष अारके पटेल, शिवशंकर चौरसिया,सचिन सिंह, लगायत को सहभागिता रहेको थियोे ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close