रेडक्रस उपशाखा रानिघाटको २७ औ साधारण सभा सम्पन्न

शनिबार नेपाल रेल्वे माबि बिरगंजमा नेपाल रेडक्रस साेसाईटी रानिघाट उपशाखाका २७ ओै बार्षिक साधारण सभा तथा सम्मान कार्यक्रम सफलतापुर्वक सम्पन्न भएकाे छ ।
नेपाल रेडक्रस साेसाईटि जिल्ला शाखा पर्साकाे पदाधिकारी तथा सदस्यहरुकाे उपसभापति जवाहर प्रसाद गुप्ताले स्वागत एव सम्मान गरेका थिए ।
उक्त कार्यक्रममा सहमन्त्रि साबिर अहम्द एराज काेषाध्यक्ष महन्थ यादव मंन्त्रि शैलेन्द्र चाैरसिया र उपसभापति भगवति चाैधरीले धन्यवाद तथा शुभकामना व्यक्त गरेका थिए ।
साे कार्यक्रममा उपशाखाका काेषाध्यक्ष म० मुस्तकिन हवारीले आर्थिक बर्षकाे २०७७/०७८ काे आय व्यय र २०७८/०७९ काे अनुमानित बजेट र सचिव भरत शर्माले आर्थिक बर्ष २०७७/०७८ कार्य प्रगति तथा आर्थिक बर्ष २०७८/०७९ काे कार्यक्रम तथा लक्ष्य प्रस्तुत गरेका थिए ।
उक्त कार्यक्रम उपशाखाका सभापति तथा जिल्ला सदस्य दिनानाथ राैनियारकाे अध्यक्षतामा भएकाे थियाे भने जिल्ला शाखा पर्साका महिला उपसभापति तथा रानिघाट उपशाखाका संस्थापक अध्यक्ष श्रीमति मधुराणाकाे प्रमुख आतिथ्यमा सम्पन्न भएकाे थियाे

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close