सिसिटिभी मोनिटरिङ्ग कक्षको मुख्य मन्त्री लालबाबु राउत गद्दी द्धारा समुद्धघाटन

वीरगञ्ज ३१ साउन । उद्योग वाणिज्य महासंघ पर्सा तथा सेफर वीरगञ्ज समितीको आयोजनामा जिल्ला प्रहरीकार्यालय पर्साको कार्यालय परिसर भित्र सिसिटिभी मोनिटरिङ्ग कक्षको निर्माण कार्य सम्पन्न भएको छ ।
वीरगञ्ज महानगरपालिका क्षेत्रमा विभिन्न स्थानमा जडान भएका सिसिटिभी क्यामराहरुको मोनिटरिङ्गका लागी प्रदेश सरकार , प्रदेश नं २ प्रदेश सभा निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत प्रदेश नं २ का मुख्य मन्त्री लालबाबु राउत गद्दीको निर्वाचन क्षेत्रविकास कार्यक्रमको आर्थिक सहयोगमा सेफर वीरगञ्ज मार्फत १२×१२ फिटको भिडीयो वाल प्रतिस्थापना भएको छ ।

मुख्यमन्त्री लालबाबु राउत गद्दी शिलालेखको अनावरण गरी मोनिटरिङ्ग कक्ष तथा भिडियो वाल संचालको समुद्धघाटन गरेका थिए । सेफर वीरगञ्ज समितीका संयोजक मनोज कुमार दासको सभाअध्यक्ष्तामा सम्पन्न भएको सो कार्यक्रममा प्रदेश नं २ का प्रदेश सभा सदस्य प्रह्लाद गीरी, सिंहासन साह, जन्त अंसारी, तथा विष्ठि अतिथिमा पर्सा प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमीरे, प्रदेश प्रहरीकार्यालयका प्रमुख प्र.ना.म.नि. उमेश रंजितकार, उद्योग वाणिज्यकार्यालयका अध्यक्ष्य शुबोध गुप्ता, पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी लगायत उद्योग व्यवसायी, समाजसेवी संचारकर्मि गरी २५ जनाको उपस्थिती रहेको थियो ।

उतmकार्यक्रमको स्वागत मन्तव्य जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक बेलबहादुर पण्डेले गरेका थिए भने उद्योग वाणिज्य कार्यालयका संघका वरिष्ठ उपाअध्यक्ष अनिल अग्रवालले कार्यक्रम सम्बन्धी प्रतिवेदन पेशगरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close