स्वास्थ्य मापदण्डको पालना गरेर माघी मनाउन युवा नेता मेराजको आग्रह

कोरोना संक्रमण तिब्रगतिमा फैली रहेको भन्दै माघी स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी मनाउन नेकपा एमालेका युवा नेता एवम राष्ट्रिय युवासंघ नेपालको केन्द्रीय सदस्य महम्मद मेराजले आग्रह गर्नुभएको छ  ।

आदिबासि जनजाति थारु समुदायको नयाँ बर्ष २६४६ औ सम्बतको अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै युवा नेता मेराजले बढ्दो कोरोना संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोन भाईसर बाट सुरक्षित भई माघी मनाउन आग्रह गर्नुभएको हो ।

यो पर्वले सबैलाई एकताबद्ध बनाई राष्ट्र बिकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ  । उहाले भिडभाड नगरी आ-आफ्नो घरमा सुरक्षित बसी हर्षउलासको साथ पर्व मनाउन आग्रह गर्नुभको छ ।

पहिलाको बर्षमा स-साना त्रुटीले धेरै जनधनको क्षति भएकोले सावधानी पूर्वक चाडपर्व मनाउन सबैलाई आग्रह गर्नुभएको हो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close