
लागुअसुध सहित वीरगंजबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगंज महानगरपालिका वडा नम्बर १३ मुरली बस्ने १९ बर्षीय बिक्रम सरार्फ रहेका छन ।
उनले बोकेको झोलामा प्रहरीले चेकजाच गर्दा नुर्फिन ३५० एम्पूल , डाईजोपाम ३५० एम्पूल र फेनारगन ३५० गरी जम्मा १०५० एम्पूल लागुऔषध फेला परेपछि पक्राउ गरेको छ ।
पक्राउ परेका सरार्फ माथि लागुऔषध सम्बन्धि कसुरमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस




