
होटल ब्यवसायीहरुले करको छुट माग गदै नगर प्रमुख सरावगीलाई ज्ञापनपत्र बुझाएका छन् ।
होटल ब्यवसायी संघले आज बीरगंज महानगरपालिकाका नगर प्रमुख बिजय कुमार सरावगीलाई ज्ञापनपत्र बुझाएका हुन् ।संघका अध्यक्ष दिपकमान श्रेष्ठको नेतृत्वमा गएको टोलीले नगर प्रमुख बिजय कुमार सरावगीलाई ज्ञापनपत्र बुझाएको हो ।
कोरोना महामारीले २ वर्ष देखि सबैभन्दा धेरै मार होटल ब्यवसायीहरुलाई परेको भन्दै सम्पत्ति कर र ब्यवसायी कर छुट हुनुपर्ने माग आफुहरुको रहेको महासचिव तवरेज आलमले बताउनु भयो ।
अहिले पनि कोरोनाको तेस्रो लहर आइरहेकोले आफुहरु मारमा पर्न लागेकाले महानगरपालिकाले यस बिषयमा उचित ध्यानदिन समेत माग गरेको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस




