
समूह ‘ए’ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा पुलिसले प्रदेश एकलाई ६ विकेटले हराएको हो । प्रदेश एकले जितका लागि दिएको एक सय २ रनको लक्ष्य पुलिसले १३ ओभर एक बलमा ४ विकेट गुमाएर भेट्टायो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश एक ले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १ सय १ रन जोडेको थियो । जितसँगै समूह ‘ए’ मा पुलिसको ८ अंक छ । त्रिभुवन आर्मी क्लबको चार खेलमा ६ अंक छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस




