कलवार समाजद्वारा सहिदहरुको सम्झनामा नारायणी अस्पतालमा उपचाररत बिरामीलाई कम्बल वितरण ।

बिरगंज , माघ १९ गते बुधबार ।

समाज परिवर्तन र हालको व्यवस्थाका लागि आफ्नो प्राणको आहुति दिएका सम्पुर्ण शहिदहरुलाई स्मरण गर्दै कम्बल वितरण गरिएको कलवार सेवा समितिका पूर्व अध्यक्ष भोला कलवारले जानकारी दिए । तराई क्षेत्रमा बढीरहेको चिसोलाई मध्यनजर गर्दै अस्पतालमा भर्ना भएका सम्पुर्ण बिरामीहरुलाई न्यानो कम्बल वितरण गरिएको पूर्व अध्यक्ष कलवारको भनाई छ ।

कम्बल वितरण कार्यक्रममा नारायणी अस्पतालका बरिष्ठ फिजिसियन डा. निरज सिँह, एस आर पी मेमोरियल हस्पिटलका प्रबन्ध निर्देशक डा. सुजित कुमार सिँह, कलवार सेवा समितिका पूर्व अध्यक्ष विश्वमित्र कलवार, पूर्व अध्यक्ष बिरेन्द्र आर्या, नेकपा माओवादी केन्द्रका नेता बाबुराम कौशिक, ओमी गुप्ता लगायतको उपस्थिती रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close