पर्सा जिल्लाको अमरपट्टी नाका लगायत बिभिन्न नाकाबाट तसकरी को लाइन खुल्ला।

वीरगंज,पर्सा

जिल्लाकाे बिभिन्न सिमा नाकाबाट तसकरीको लाइन खुल्ला भएको समाचार प्राप्त भएकोछ । पर्सा को ग्रामिण नाका सहित बिभिन्न नाका काे अधिकांश नाकाहरुबाट पहिला भन्दा अहिले तस्करी बढेकाे प्रत्यक्षदर्शीहरुले वताएका छन् ।

सिमा क्षेत्र मा रहेका सशस्त्र प्रहरी तथा नेपाल प्रहरीले तस्करहरुलाई छुट दिएपछि सिमा क्षेत्रमा अहिले व्यापक तस्करी बढेको हाे ।

भारतीय बजार रक्साैल, भेलाही, सिकटा, मैनाटार, इनार्वा, प्रसुतीपुर बजारबाट सशस्त्र प्रहरी र नेपाल प्रहरी कै मिलोमतोमा कपडा, हार्डवेयरकाे सामान, कस्टमेटिक, रजनीगन्धा, राजनिवास, सुर्ती, चिनी, अण्डा, तेल, भाडाकुडा, कुखुराका चल्ला लगायतका भारतिय समानहरु नेपाल भित्री रहेका छन् ।

त्यसैगरि नेपालबाट भारत तर्फ डिजेल, पेट्रोल, केराउ, माेटर, सुपाडी, रक्सी, कबाडकाे सामान, ड्राम, युनिलिबर कम्पनीका कस्टमेटिक समान भरततर्फ निकासी भईरहेको छ । यस मध्ये सब भन्दा बढी पेट्राैलियम पदार्थकाे तस्करी भारत तर्फ भइरहेकाे प्रत्यक्षदर्शीहरुले वताएका छन् ।

सस्त्र प्रहरी बोर्डर आउट पोष्ट अमरपट्टी का इन्चार्ज ईन्द्र नारायण चौधरी र प्रहरी चौकी अमरपट्टी का ईन्चार्ज सई रविन्द्र साह को मिलिभगतमा पर्साको ,लालबच्चा भन्ने लालबाबु,मनोज यादव र बैजनाथ यादव नाम गरेका तसकरहरुले तसकरी को लाइन पाएका छन।

उक्त तसकरको समुहहरुले राती ११ बजे देखि बिहान ४ बजे सम्म तसकरी गर्ने लाइन दिइएको छ। अमरपट्टी नाकाबाट रातभरी तसकरहरुले समान ओसार -पोसार गरेर सो क्षेत्रमा बसोबास गर्ने स्थानीय जनताको निंद्रा हराम गर्न छन्।
सस्त्रका सई चौधरी लामो समय देखि मा कार्यरत रहेको कारण उनको धेरै ब्यापारी र तसकरहरुसँ नजिकको सम्बन्ध रहेको बताएका छ।उनी लाइन दिएर तसकरी गराइरहेको बेला असोज ६ गते पिलुवा गणबाट खटिएको टोलिले झण्डै २४ लाख बराबरको २० पोका कपडा र तिनवटा टेम्पो बरामद गरी बुझाएपछि सइ चौधरी लाइ १३ नं गणमा तानिएको थियो तर सोहीनसका इन्चार्जको रुपमा फेरि चौधरी आउन सफल भएका छन्।

साथै पर्साको सिमावर्ती वीरगंजकाे इनार्वा, श्रीसिया, अलाैं, विन्दवासिनीकाे झाैवा, इटियाही, अमरपटी, प्रसाैनी भाठा, पकहा मैनपुरकाे धाेरे, खेस्राहा, जगरनाथपुरकाे जानकीटोला, दसौता, पाडेपुर, छिपहरमाईकाे भिस्वा, भलुवहिया, मिर्जापुर, टिहुकी, चारगाहा लगायतकाे नाका भएर तस्करी को लाइन खुल्ला भएको स्थानियहरुले वताएका छन् ।

सथानियहरुका अनुसार पर्सामा नयाँ सस्त्र प्रहरी प्रमुखमा तेज प्रसाद पोखरेल आएपनि तस्करीको समान रोक्नुको साटो झन तस्करी को लाइन खुल्ला भएको देखिन्छ ।

सिमामा क्षेत्रमा खटिने सस्त्र प्रहरी, नेपाल प्रहरीका चौकी ईन्चार्ज तथा जिल्ला प्रहरी कार्यलय पर्साकाे क्राइम शाखा र सदा पोशाकका प्रहरीसंगकाे सेटिङमा तस्करीकाे लाइन खुलेकाे हाे ।

उत्क तसकरी को लाइन खुल्ला भएको कारण नेपाल सरकार को राजस्व संकलन मा प्रत्यक्ष असर परेको देखिन्छ।यस तर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी देखिन्छ।

विशेष गरेर सांझ र विहानकाे समयमा तस्करी भइरहेकाे प्रत्यक्षदर्शीहरुले वताएका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close