६४औँ इन्जिनियर्स डेका अवसरमा नेशनल मेडिकल कलेज, वीरगञ्जको क्लिनिकल सहयोगमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न

६४औँ इन्जिनियर्स डेका अवसरमा नेशनल मेडिकल कलेज, वीरगञ्जको क्लिनिकल सहयोगमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न

नेपाल इन्जिनियर्स एशोसिएसन (NEA), वीरगञ्ज केन्द्रको आयोजनामा ६४औँ इन्जिनियर्स डे को अवसरमा BIT Engineering College, वीरगञ्ज–१४, पर्सा मा नेशनल मेडिकल कलेज, वीरगञ्ज को क्लिनिकल सहयोगमा “मानसिक स्वास्थ्य” विषयक स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता नेपाल इन्जिनियर्स एशोसिएसन, वीरगञ्ज केन्द्रका अध्यक्ष ई. प्रियांशु कुमार गुप्ता ले गर्नुभएको थियो। कार्यक्रममा एशोसिएसनका कोषाध्यक्ष ई. इकबाल हुसेनको समन्वयमा इन्जिनियरिङ क्षेत्रका विद्यार्थी, प्राध्यापक, पेशाकर्मी तथा एशोसिएसनका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

नेशनल मेडिकल कलेज, वीरगञ्ज का तर्फबाट क्लिनिकल साइकोलोजिस्ट – सन्देश सावन्तले विशेषज्ञ व्यक्तिका रूपमा सहजीकरण गर्दै मानसिक स्वास्थ्यको महत्व, तनाव व्यवस्थापन, भावनात्मक सन्तुलन, कार्य–जीवन सन्तुलन, मानसिक लचकता तथा आवश्यक पर्दा समयमै मनोवैज्ञानिक परामर्श लिनुपर्ने विषयमा प्रभावकारी प्रस्तुति दिनुभएको थियो। साथै, सहभागीहरूसँग अन्तरक्रियात्मक छलफलसमेत सम्पन्न भएको थियो।

कार्यक्रममा सहभागीहरूले मानसिक स्वास्थ्यसम्बन्धी विविध जिज्ञासाहरू राख्दै आफ्नो व्यक्तिगत तथा व्यावसायिक जीवनमा मानसिक स्वास्थ्यको महत्वबारे उपयोगी जानकारी प्राप्त गरेका थिए।

नेशनल मेडिकल कलेज, वीरगञ्ज ले यस्ता स्वास्थ्य प्रवर्द्धन तथा समुदायमुखी कार्यक्रममार्फत मानसिक स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गर्दै सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिँदै आएको जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close