
बीरगंज, पर्सा
पर्सा निर्वाचन क्षेत्र नं १ (ख) का बाम लोकतान्त्रिक गठबन्धन बाट नेपाली कांग्रेसका प्रदेश सभा सदस्य पदका उमेदवार रामनारायण कुर्मी ले क्षेत्र नं १ (ख) का महिलाहरु सँग अन्तरक्रिया कार्यक्रम गरेका हुन्।
अन्तरक्रिया कार्यक्रम मा क्षेत्र नं १ (ख) का महिलाहरु ले आ आफ्नो राजनितिक समस्या राखेका थिए। समस्या मा नेताहरु जितेर आ आफ्नो घर परिवार लाइ चिन्ने र उनिहरूलाइ मात्र रोजगारी दिलाउने, मतदाताहरु सँग भेटघाट नगर्ने र मात्र चुनाव को बेला मा आउने गर्छन् भनि आ आफ्नो भनाइ राखेका थिए।
निर्वाचन क्षेत्र नं १( ख) का प्रदेश सभा सदस्य पदका उम्मेदवार रामनारायण कुर्मी ले उक्त महिलाहरु ले दिएको जवाफ का एकाएक उतर दिएका थिए।
म निर्वाचित भएपछि पुरुष सँग मात्र होइन महिलाहरु सँग पनि भेटघाट गर्ने र महिलाहरु लाइ स्वरोजगार बनाउन को सिप मुलक तालिमहरु संचालन गर्ने र निर्वाचन क्षेत्र नं १(ख) को क्षेत्र मा पर्ने प्रत्येक वडामा बर्थिग्ङ सेन्टर स्थापना गर्ने, बिधालयहरु को स्तरोन्नति गर्ने,नगवा मा रहेको स्कुल लाइ प्राबिधिक स्कुल बानउने, साथै आवश्यकता अनुसार प्राबिधिक स्कुल बनाउदै जाने महिलाहरु को बिच मा प्रतिबद्धता गरेका हुन्।
साथै यस क्षेत्र बाट मुख्य मन्त्री लालबाबु राउत ले जितेर पनि बिकास को लहर नदेखिएको ले अब आउदो मंसिर ४ गते को हुने संघिय तथा प्रदेश सभा को चुनाव मा निर्वाचन क्षेत्र नं १(ख) का प्रदेश सभा सदस्य पदका उम्मेदवार रामनारायण कुर्मी लाइ नेपाली काँग्रेस को चुनाव चिन्ह (गाछी) छाप मा मतदान गरी विजय बनाउन हामि एकजुट भएर लाग्ने प्रतिबद्धता गरेका छन्।




