
बीरगंज, पर्सा
नेपाली कांग्रेस पर्सा निर्वाचन क्षेत्र नं १ को (ख) मा गणेशमान चौकमा कोणसभा सम्पन्न भएको छ।
बीरगंज महानगर को विर्ता मा अवस्थित स्व गणेशमान सिंहको शालिक मा माल्यार्पण गरी कोणसभा कार्यक्रम संचालन गरिएको थियो।
कोण सभा कार्यक्रम मा स्वागत मन्तव्य हुकुम सिंह ले गरेका थिए।
कोणसभा लाइ सम्बोधन गर्दै नेपाली कांग्रेस पर्सा का उप सभापति तथा निर्वाचन क्षेत्र नं १(ख)का प्रदेश सभा सदस्य उम्मेदवार रामनारायण कुर्मी ले भने जनताले देखेको सपनालाई सार्थकता प्रदान गर्ने बेला अहिले आएकाले सहि मुल्यांकन गरेर मत दिन आग्रह गरे ।यसअघि जितेर मुख्यमन्त्री समेत बनेका यस क्षेत्रका जनप्रतिनिधीबाट जनता निराश र आक्रोशीत रहेको भन्दै उनले अब त्यसको जवाफ दिने सहि समय आएको पनि बताए ।
मंसिर ४ गते हुने निर्वाचनले अब देश र जनताको भविष्य निर्धारण गर्ने बताउँदै कुर्मीले सक्षम र सबल उम्मेदवारलाई मतदान गर्न आग्रह गरे ।कुर्मीले भने, ‘जनतालाई मुर्ख सम्झिने समय अब छैन , धेरै भयो जनतालाई झुठो आश्वासन देखाएको, तर अब आश्वासन देखाउने हैन, काम गर्ने बेला आएको छ , त्यसैले काम गर्ने उम्मेदवारलाई मतदान गर्न आवश्यक छ भनि आफ्नो भनाइ राखेका थिए।
साथै कुर्मी ले भने म निर्वाचित भएपछि पुरुष सँग मात्र होइन महिलाहरु सँग पनि भेटघाट गर्ने र महिलाहरु लाइ स्वरोजगार बनाउन को सिप मुलक तालिमहरु संचालन गर्ने र निर्वाचन क्षेत्र नं १(ख) को क्षेत्र मा पर्ने प्रत्येक वडामा बर्थिग्ङ सेन्टर स्थापना गर्ने, बिधालयहरु को स्तरोन्नति गर्ने,नगवा मा रहेको स्कुल लाइ प्राबिधिक स्कुल बानउने, साथै आवश्यकता अनुसार प्राबिधिक स्कुल बनाउदै जाने महिलाहरु को बिच मा प्रतिबद्धता गरेका हुन्।
साथै यस क्षेत्र बाट मुख्य मन्त्री लालबाबु राउत ले जितेर पनि बिकास को लहर नदेखिएको ले अब आउदो मंसिर ४ गते को हुने संघिय तथा प्रदेश सभा को चुनाव मा निर्वाचन क्षेत्र नं १(ख) का प्रदेश सभा सदस्य पदका उम्मेदवार रामनारायण कुर्मी लाइ नेपाली काँग्रेस को चुनाव चिन्ह (गाछी) छाप मा मतदान गरी विजय बनाउन हामि एकजुट भएर लाग्ने प्रतिबद्धता गरेका छन्।
साथै संजय जोसी, सुरेन्द्र लामिछाने, बिरेन्द्र कानु ले कोण सभा लाइ संम्बोधन गरेका थिए।
कोणसभा कार्यक्रम बीरगंज महानगरपालिका वडा नं ५ का बुथ सभापति श्रीनातायण को सभापतित्व तथा नेपाली कांग्रेस पर्सा का उप सभापति तथा निर्वाचन क्षेत्र नं१(ख)का प्रदेश सभा सदस्य पदका उम्मेदवार रामनारायण कुर्मी को प्रमुख अतिथि मा भएको कार्यक्रममा अतिथि पुर्ब जिल्ला उपसभापति प्रकास उपाध्याय, निर्वाचन क्षेत्र नं १(ख)का प्रदेश अध्यक्ष अनिल सिंह, जिल्ला सदस्य सरला खनाल, महाधिवेशन प्रतिनिधि किरण सरकार, नेपाली कांग्रेस नगर सचिव श्याम पटेल, नेपाली कांग्रेस पर्सा का स.स.अलि अंसारी ,संजय जोसी, सुरेन्द्र लामिछाने, बिरेन्द्र कानु लगायतका ब्यत्किहरुको उपस्थिति रहेको थियो





