
वीरगन्जका पत्रकार स्वर्गीय नरेश सर्राफको समृृतिमा नेपाल पत्रकार महासंघ पर्सा शाखाले अक्षय कोष स्थापना गरेको छ ।महासंघ पर्सा शाखा कार्य समिति सदस्य समेत रहेका सर्राफको १३ औं दिनको पूण्य तिथीमा बुधबार बसेको पर्सा शाखाको बैठकले अक्षय कोष स्थापना गर्ने निर्णय गरेको हो ।
बुधबार नै सर्राफको १३ औं दिनको पूण्य तिथीमा आयोजित श्रद्धान्जलीसभामा शाखा अध्यक्ष अनुप तिवारीले यस बारे जानकारी गराएका हुन् ।स्वगीय सर्रापकी पत्नि र छोरीको स्वामित्व रहने गरि महासंघले तत्कालका लागि आफनो तर्फबाट १ लाख ५० हजार रुपैया जम्मा गरेर अक्षय कोष स्थापना गर्ने निर्णय गरेको अध्यक्ष तिवारीले जानकारी गराए ।
उक्त कोषमा पूर्व मन्त्री एंव पर्सा क्षेत्र नम्बर १ का नवनिर्वाचित प्रतिनिधीसभा सदस्य (सांसद) प्रदीप यादवले पनि १ लाख रुपैया उपलब्ध गराउने घोषणा गरे ।यस्तै वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले पनि उक्त अक्षय कोषमा महानगरपालिकाले नगद १० लाख रुपैया प्रदान गर्ने घोषणा गरिसकेका छन् ।यसैगरि समाजवादी प्रेस संगठन र रेडियो वीरगन्जले पनि १/१ लाख रुपैया सहयोग गर्ने भएको छ।
यस्तै अक्षय कोषमा नेपाल प्रेस युनियनका केन्द्रिय सचिव अशोक तिवारीले नगद २१ हजार र पत्रकार महासंघका पूर्व मध्यमान्चल संयोजक महेश दासले नगद १० हजार रुपैया प्रदान गर्ने बताए ।




