सिद्धार्थ इन्टरनेशनल कलेज द्वारा नया बिधार्थीको लागि स्वागत कार्यक्रमको आयोजना

बिरगंज/२ पुस

सिद्धार्थ इन्टरनेशनल कलेज द्वारा ११ कक्षाका विद्यार्थीहरुको लागि स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गरेको थियो।

स्वागत तथा सम्मान कार्यक्रम सिद्धार्थ इन्टरनेशनल कलेज प्रमुख डा.सुष्मा तिवारी की अध्यक्षतामा भएको कार्यक्रममा चन्द्रकिशोर झा को प्रमुख अतिथिमा कार्यक्रम भएको थियो।

सिद्धार्थ इन्टरनेशनल कलेजमा कक्षा ११ का विद्यार्थीहरुलाई शुभकामना मन्तव्य दिनु हुँदै प्रमुख अतिथि चन्द्रकिशोर झाले तपाईहरु भाग्यमानी हुनु हुन्छ कि आज मधेस प्रदेश कै उत्कृष्ट कलेज सिद्धार्थ इन्टरनेशनल कलेजमा अध्ययन गर्दै हुनु हुन्छ ।पढाईले मात्र हुदैन , पढाई सङ्ग सङ्गै व्यवहारिक ज्ञान हुनु पनि त्यती कै जरुरी छ ।आफू लगनशील , दृढ ईच्छा शक्ति राख्यो भने पक्कै पनि एक दिन लक्ष्यमा पुन्न सफल हुने बताउनु भएको थियो।

कार्यक्रममा सिदार्थ इन्टरनेशनल कलेज की उप-प्रमुख शर्मिष्ठा श्रेष्ठ,डायरेक्टर केशव कुमार यादव,मिस्टर बिरेन्द्र
पण्डित,मिस्टर मुक्ति नारायण दास, रेखा मिश्रा(chairperson ज्ञान सरोवर इंस्टिट्यूट,बिसिष्ठ अतिथिहरुमा दिवेश गुप्ता,नवीन मिश्रा,उमा मिश्रा,डा.निशा सिंह,CA अजय चौरसिया,करण यादव,रंजित पटेल, अतिथिहरुमा आलोक चौरसिया(President PABSON,वीरगंज), मनोजा चौधरी,मिण्टू सिंह,मिस्टर धीरेंद्र सिंह(योग स्पेकलिस्ट),मिस्टर प्रेम यादव,राहुल गुप्ता,श्याम गुप्ता लगायतका ब्यत्किहरुको उपस्थिति रहेको थियो

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close