होटल व्यावसायी महासंघको नयाँ नेतृत्व चयन, वीरगन्जबाट सचिव सहित पाँचजना केन्द्रीय सदस्यमा निर्वाचित

होटल व्यावसायी महासंघको नयाँ नेतृत्व चयन, वीरगन्जबाट सचिव सहित पाँचजना केन्द्रीय सदस्यमा निर्वाचित

होटल व्यावसायी महासंघको नयाँ नेतृत्व चयन, वीरगन्जबाट सचिव सहित पाँचजना केन्द्रीय सदस्यमा निर्वाचित

होटल व्यावसायी महासंघ नेपालको १० औं साधारणसभा तथा चौथो राष्ट्रिय महाधिवेशनबाट ७५ सदस्यीय नयाँ नेतृत्व चयन भएको छ । बुधबार सम्पन्न निर्वाचनमा दिनेशलाल चुकेको अध्यक्षतामा ७५ सदस्यीय केन्द्रीय समिति निर्वाचित भएको हो ।

समितिमा वीरगन्जका एकजना सचिव सहित पाँचजना केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । होटल तथा पर्यटन व्यावसायी संघ वीरगन्जका अध्यक्ष बुद्धि प्रसाद पन्त (हरि) केन्द्रीय सचिवमा निर्विरोध निर्वाचिन हुनुभएको छ ।

केन्द्रीय सदस्यमा पूजन होटलका संचालक सुरेन्द्रलाल श्रेष्ठ, रचेन्द्र सिंह थापा, हिरा श्रेष्ठ, सन्दिप बस्नेत, भरत शाह र ज्ञानेन्द्र कुमार ढकाल निर्बाचित भएका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close