नेपाल पत्रकार महासङ्घ रौतहटको अध्यक्षमा सञ्जय कुमार कार्की निर्वाचित

नेपाल पत्रकार महासङ्घ रौतहटको अध्यक्षमा सञ्जय कुमार कार्की निर्वाचित

अभिलाष गुप्ता
नेपाल पत्रकार महासङ्घ रौतहटको अध्यक्षमा सञ्जय कुमार कार्की निर्वाचित भएका छन् ।शुक्रवार सम्पन्न नेपाल पत्रकार महासङ्घ रौतहटको निर्वाचनको सार्वजनिक भएको मत परिणाम अनुसार १५ मत ल्याएर कार्की निर्वाचित भएका हुन् । नेपाल प्रेस युनियनका उम्मेदवार कार्की आफ्ना निकटतम प्रतिद्वन्द्वीहरू उत्तम उपाध्याय र रवीन्द्र प्रसाद साहलाई ३ मतले पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

प्रतिद्वन्द्वीहरू उपाध्याय र साहले १२/१२ मत प्राप्त गरेका छन् । त्यस्तै अध्यक्षका अर्का उम्मेदवार मदन ठाकुर (धनञ्जय) ले केवल ६ मत प्राप्त गरेका छन् । यस्तै उपाध्यक्षमा डिल्ली बहादुर कार्की निर्वाचित भएका छन् । उनले १८ मत प्राप्त गरेका छन् । कार्कीका निकटतम प्रतिद्वन्द्वी राम एकवाल साहले १५ र पुष्प राज यादवले ११ मत ल्याएका छन् ।

सचिवमा २६ मत ल्याएर गौतम श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठका निकटतम प्रतिद्वन्द्वी राकेश यादवले १७ मत ल्याएका छन् । सह-सचिवमा जीतेन्द्र पाल श्रीवास्तव र कोषाध्यक्षमा सञ्जय कुमार सहनी निर्वाचित भएको निर्वाचन कार्यालयले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close