
सुजु बिसि
वीरगंज, पर्सा
शिव शक्ति युवा क्लबको आयोजनामा वीरगंज महानगरपालिका वार्ड न १ मा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
रक्तदान कार्यक्रमको प्रमुख वीरगंज महानगरपालिका वडा नं १ का वडा अध्यक्ष मनोज राउत कुर्मीले रक्तदान कार्यक्रम को उद्घाटन गर्दै भने प्रत्येक पुरुष वा महिलालाइ प्रत्येक (३)तिन/(३)तिन महिना मा रक्तदान गर्नु पर्छ किन कि तिन महिनामा कुनै पनि ब्यक्तको महिला होस वा पुरुष को रगत खेर गइ र फेरी नया रगतमा रुपान्तरण हुने भएकाले रक्तदान गर्न आवश्यक देखिन्छ।किन कि एक व्यक्तिको रक्तदानबाट अर्को व्यक्तिको ज्यान बचाउनमा मदत गर्दछ।
रक्तदान कार्यक्रम वीरगंज महानगरपालिका वडा नं १ का वडा अध्यक्ष मनोज राउत कुर्मीको प्रमुख अतिथियतामा भएको कार्यक्रममा मनोज कुमार गुप्ताको सभापतित्वमा तथा शिव शक्ति युवा क्लब का अध्यक्ष भोला साह तरलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्रका टोली प्रमुख धिरेन्द्र झा, क्लबका सचिव नन्दकिशोर साह, कोषाध्यक्ष अजय प्रसाद साह तेली,सह सचिव कन्हैया साह तुराहा,भकुवा प्रहरी चौकीका प्रतिनिधि गुलाब अंसारी लगायत स्थानिय बासिन्दाहरूको उपस्थिति रहेको थियो।




