एक सातामै ९ प्रतिशतले बढ्यो कोरोना संक्रमण

नेपालमा कोरोना संक्रमण दर एक सातामै ९ प्रतिशतले बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अघिल्लो साता आरटी–पीसीआर विधिबाट ४९ हजार ८७७ जनाको परीक्षण गरिएकोमा २ हजार ३० जनामा संक्रमण पुष्टि भएको थियो ।

यो साता परीक्षण दर २५.८ प्रतिशतले बढाउँदै ६२ हजार ७५५ जनाको पीसीआर परीक्षण गरेकोमा ८ हजार ३७३ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । परीक्षण दर १३.३ प्रतिशतले बढाउँदा संक्रमण दर अघिल्लो साताको तुलनामा ९.२ प्रतिशतले बढेको मन्त्रालयको भनाइ छ ।

यस्तै, अघिल्लो हप्ता एन्टिजेन विधिबाट २८ हजार ५६१ जनाको परीक्षण गरिएकोमा १९६ जनामा संक्रमण पुष्टि भएको थियो । यो हप्ता परीक्षण दर बढाउँदै २९ हजार ७०९ जनाको परीक्षण गरिएकोमा २ हजार २११ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यो साता संक्रमण दर ७.४ प्रतिशत रहेको र अघिल्लो साताको तुलनामा ६.७ प्रतिशतले बढेको मन्त्रालयले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close