
राहुल कुमार गुप्ता
बीरगंज स्थित भारतकाे महावाणिज्य दूतावास द्वारा जनवरी २६, २०२३ मा वाणिज्य दूतावास परिसर भित्र भारतको ७४औँ गणतन्त्र दिवस मनाईयाे।
भारतीय राष्ट्रिय झण्डा फहराएर तथा भारतीय राष्ट्रिय गान गाएर सुरु भयो। त्यसपछि, श्री नितेश कुमार, कन्सुल जनरलज्युले भारतका माननीय राष्ट्रपतिको सन्देश पढेर सुनाउनु भयाे। त्यसपछि मधेस प्रदेशका मुख्यमन्त्री तता महावाणिज्य दूत ज्युहरुले संयुक्त रुपमा तिरंगा रंगमा रंगिएका बेलुन आकाशमा छोड्नु भएका थिए । मधेस प्रदेशका माननीय मुख्यमन्त्री श्री सरोजकुमार यादव ज्युले आफ्नो बधाई मन्तव्यमा नेपालको विकास निर्माणमा भारत सरकारको ठूलो सहयोगका लागि धन्यवाद दिँदै नेपाल र भारतबीचको चिरस्थायी सांस्कृतिक र परम्परागत सम्बन्धबारे उल्लेख गर्नुभयो ।
बीरगंज र जनकपुरका ११ विद्यालयका विद्यार्थीहरूले भारतीय देशभक्ति गीत र नृत्यमा मंत्रमुग्ध सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए। कतिपय विद्यालयले सामाजिक मुद्दामा साना स्किट/नाटक प्रस्तुत गरेका थिए भने एउटा प्रस्तुति युद्धमा शहीद भएका जवानहरु प्रति श्रद्धाञ्जली थियो ।
सांसद, प्रदेशसभा सदस्य, पूर्व प्रदेश मन्त्री, पूर्व सांसद, पूर्व प्रदेशसभा सदस्य, स्थानीय प्रशासनका सदस्य, प्रहरी उपरीक्षक, उद्योगी, रेडियो एफएम लगायतका प्रिन्ट तथा इलेक्ट्रोनिक मिडियाबाट पत्रकार, विद्यालयका शिक्षक/प्रिन्सिपल, विद्यार्थी, वाणिज्य दूतावासका अधिकारी/कर्मचारीहरु र उनीहरुको परिवार लगायत समाजका सबै वर्गका करिब ४०० व्यक्ति गणतन्त्र दिवस समारोहमा गणतन्त्र दिवस समारोहमा निकै उत्साहजनक सहभागिता रहेको थियो ।




