१२ बर्ष पहिला लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ:-

पर्सा ।  १२ बर्ष पहिला लागु औषध मुद्दाका फरार रहेका एक ब्यक्ती पक्राउ परेका छन् । आज १२ बर्ष पहिला लागु औषध मुद्दाका फरार रहेका शिव प्रसाद महतो पक्राउ परेका हुन् ।

पर्सा जिल्ला अदालतको मिति २०६७ माघ २४ गते लगत नं.२७८५ को आदेशले लागु औषध गाँजा र अफिम मुद्दाका १५ बर्ष कैद र ५०२५००।- जरिवाना तोकिएको फरार  पर्सा  बहुदरमाई  ६ का ३५ बर्षिय शिव प्रसाद महतोलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।

महतो आफ्नै गाउँघरमा लुकि छिपि बसि रहेको अबस्थामा प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी  जिल्ला अदालत पर्सामा उपस्थिती गराएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close