
वीरगंज, पर्सा
वडा प्रहरी कार्यालय विर्ता ले भारत बाट लुकाइ छिपाई लयाइएको ७४ बोरा चामल नियन्त्रणमा लिएको छ।
वीरगंज महानगरपालिका वडा नं.११ स्थित प्रकाश कुमार गुप्ताको पसल अगाडी भारतवाट भन्सार छली चोरी पैठारी गरी ल्याई लुकाई छिपाई राखेको अवस्थामा ७४ वोरा चामल वडा प्रहरी कार्यालय विर्ता बाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।
वरामद गरीएको चामलको जम्मा मुल्य रु.१,२०,८७८।- (एक लाख बिस हजार आठ सय अठत्तर मात्र) बराबरको चामलको बोरा आवश्यक कारवाहीको लागी वीरगंज भन्सार कार्यालय पर्सामा बुझाईएको वडा प्रहरी कार्यालय बिर्ता का प्रहरी निरीक्षक बिदुर प्रसाद शिवाकोटी ले दिए
आफ्नो प्रतिक्रिया दिनुहोस




