नेपाल प्रेस युनियन पर्सा द्वारा ३२ औ स्थापना दिवसको अवसरमा प्रभात फेरी

वीरगंज, पर्सा

नेपाल प्रेस युनियनको ३२ औ स्थापना दिवसको अवसरमा नेपाल प्रेस युनियन पर्सा शाखाले प्रभात फेरी निकालिएको हो।

वीरगंज स्थित घण्टाघर चौक‌बाट‌‌ निस्केको प्रभात फेरि माइस्थान,आदर्शनगर,घडीअर्वा पोखरी हुदै नगर परिक्रमा गरि पुन घण्टाघर‌ चौकमा आइ सप्पन्न भएको थियो।

प्रभात फेरिमा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहानले आफ्नो मनतव्य राख्दै भने बिधमान कानुनहरू लाइ पालना गरि नेपाली कांग्रेसलाइ उलिटपलिट गरेर सांगेतिक रुपमा सरकारका विभिन्न अंग बदनाम गर्न लागि परेका हुनाले त्यसतर्फ संगठनहरु सहयोगको महसुस हुन्छ त्यसैले सम्पुर्ण सँगठनहरुको सहयोग एक आपसमा बनिरहोस भनदै नेपाल प्रेस युनियनको ३२औ स्थापना दिवसको सुभकामना व्यक्त गरेका थिए।

त्यस्तै नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले भने अहिले देशको आर्थिक संकट,राजनीतिक संकट देसमा हेरिरहेकाछौ नेपाली पत्रकारितालाइ अझै बलियो बनाएर लागन आग्रह गरेका थिए साथै भने नेपाल प्रेस युनियन एउटा बैचारिक पुरानो संगठन भएको ले यसको धेरै जिम्मेवारी बहन गर्ने हुन्छ भन्दै सुभकामना व्यक्त गरेका थिए।

त्यस्तै नेपाल पत्रकार महासंघ पर्साका पुर्व अध्यक्ष असोक तिवारी ले भने यदि कुनै पत्रकार क्रियासिल छैन त्यसको नविकरण हुनुपर्दैन तथा नेपाल प्रेस युनियनको ३२ औ स्थापना दिवसको सुभकामना दिदै भनेका थिए कि पत्रकारहरु को जुन बिकरिति बढेको छ त्यसको समाधान गर्ने जिम्मेवारी नवनिर्वाचित विजय चौहानलाइ दिएको भन्दै सुभकामना व्यक्त गरेका थिए।

उक्त प्रभात फेरी कार्यक्रम नेपाल प्रेस युनियन पर्साका अध्यक्ष विजय चौहान को अध्यक्षता तथा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान को प्रमुख अतिथिमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका मधेस प्रदेश महासचिव श्याम बन्जारा,नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी,नेपाल प्रेस युनियनकि केन्द्रिय सदस्य निलिमा पौडेल,श्रीराम रायमाझी,नेपाल पत्रकार महासंघ पर्साका पुर्ब अध्यक्ष अशोक तिवारी,नेपाल प्रेस युनियन पर्साका पुर्व अध्यक्ष रामनारायण कुर्मी,नेपाल प्रेस युनियन पर्साका उपाध्यक्ष क्रान्ति साह,अलि असगर देवान,नेपाल प्रेस युनियन पर्साका पुर्ब सचिव किशोर सिंह,नेपाल प्रेस युनियन मधेस प्रदेशका सदस्य श्रवण प्रसाद साह,अजय कुमार साह,राहुल गुप्ता,नेपाल फोटो पत्रकार महासंघका अग्रज पत्रकार पन्कज श्रेष्ठ,पर्साका कृयासिल पत्रकार राजन रौनियार,लालबाबु सिंह,अर्जुन गुप्ता,गुडु,साथै विभिन्न संगठनका पत्रकारहरु तथा नेपाली कांग्रेसका नेता मनोहर साह र दिलिपराज कार्कीको उपस्थित रहेको थियोे भने कार्यक्रमका सहजिकरण नेपाल प्रेस युनियन पर्साका सचिव इरफान अलिले गरेका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close