प्रभु अस्पतालमा दन्त उपचार सेवा सुरु

वीरगंज १७ जेठ ।
प्रभु अस्पतालमा दन्त उपचार सेवा सुरु भएको छ।

वीरगंज महानगरपालिका को पानी टंकीमा अवस्थित प्रभु अस्पतालमा दन्त उपचार सेवा सुरु गरेको छ ।

प्रभु अस्पतालमा स्थापना गरिएको दाँत क्लिनिकको आज एक कार्यक्रम का बिच दन्तरोग विशेषज्ञ डाक्टर मनोज उपाध्याय ले उदघाटन गर्नु भएको हो ।

डाक्टर ज्योती गुप्ताले दाँत उपाचारको सेवा दिने प्रभु अस्पतालका संचालक डा.मनोज गुप्ताले जानकारी दिए।

उद्घाटन कार्यक्रममा प्रभु अस्पतालका बरिष्ठ सर्जन डाक्टर मनोज कुमार गुप्ता, प्रसुती तथा स्त्री रोग विशेषज्ञ डाक्टर लक्ष्मी थापा गुप्ता, वीरगंज महानगरपालिका वडा नं ८ का सदस्य गफार मिया,दिलिप राज कार्की,अस्पतालका नर्स र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

अस्पतालमा स्थापना गरिएको दाँत उपचार केन्द्रमा दाँत सम्बन्धि सम्पूर्ण उपचार सेवा उपलब्ध हुने दन्तरोग विशेषज्ञ डाक्टर ज्योति गुप्ताले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close