मालपोत कार्यालय पर्सामा ४ दिन देखि सर्भर बन्द सर्भर बन्दको कारण सेवाग्राहीलाइ सास्ती

वीरगंज, पर्सा

मालपोत कार्यालय पर्सा को ४ दिन देखि सर्भर बन्द रहेको छ। बिहिबार देखि सर्भर बन्द रहेको आज आइतबार सम पनि सर्भर को समस्या समाधान भएको छैन ।

सर्भर किन बन्द छ र कहिले सर्भर सुचारु हुन्छ भन्दा मोठ फाँट का कम्प्युटर अपरेटर सँग सोध्दा कुन ठाउँ बाट सर्भर को समस्या छ त्यसको चेकजाँच भइरहेकोछ भोलि सोमबार सम्म सर्भर आइसक्ने बताइ रहेका छन्।

सर्भर नहुँदा रोका,फुकुवा, जग्गा रजिष्ट्रेसन मुद्दा फाँटका कामहरु भइरहेको छैन।

प्रमुख मालपोत अधिकृत इजहार आलम सँग सर्भरको समस्याको बारेमा सोधन जादा उहाँको कार्यकालको गेट को छेउमा बाहिर लिखेको छ‌। त्यस्तो अवस्थामा मालपोत कार्यालय प्रमुख बिहिन नै देखिन्छ किनकि सर्भर समस्या को नोटिस जारि गर्नु पर्थ्यो कि सेवाग्राहीहरु लाइ समस्या नहोस किन कि सेवाग्राहीहरु रोका/फुकुवा, जग्गा रजिष्ट्रेसन गर्न गराउनको निम्ति पर्सा जिल्ला स्थित बिभिन्न टाढा टाढा गाउँ बाट ठोरी लगायत अन्य बाहिर जिल्ला सेवाग्राहीहरु काम गराउन आउन्छ काम नभएपछि सेवाग्राहीहरु को समय र आउने जाने यातायात खर्च पनि काम नभएपछि रित्तै जान्छ त्यसैले मालपोत कार्यालय पर्सा को सर्भर समस्या समाधान तर्फ समन्धित निकायको ध्यानाकर्षण होस।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close