
करेन्ट लागेर १ जनाको मृत्यु
झापा, जेष्ठ १४ गते ।
झापाको मेचीनगर नगरपालिका-१२ का २४ बर्षीय रामायण राजवंशीको करेन्ट लागेर मृत्यु भएको छ । मंगलवार दिउँसो पौने ३ बजेको समयमा आफ्नै घर छेउमा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक आफैलाई करेन्ट लागी घाईते भएका राजवंशीलाई उपचारको लागी मनमोहन अस्पताल बिर्तामोड लगिएकोमा उपचारको क्रममा दिउँसो ४ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय धुलावारीले जनाएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस




