नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड द्वारा वीमितको पैसा दिन आनाकानी

राहुल गुप्ता
नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले इन्स्योरेन्स गराएका एक जना विमितको पैसा दिन आनाकानी गरेको छ। सफि अख्तर देवान ले नेसनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा आफ्नो इन्स्योरेन्स मिति इ.स. २०२१.११.०८ मा २५०००००( पच्चीस लाख )को गराएको तथा इन्स्योरेन्स को नियम अनुसार साल सालै २ लाख सैतिस हजार बैरान्नवे रुपैया तिर्दै आएका थिए ।

तर हाल उनी दुर्घटनाको कारण अँखा नदेख्ने भएका छ। उनको दुबै आखाले देख्न छोडेको छ। इन्स्योरेन्सको नियम अनुसार दुर्घटना भएर स्थाइ रुपले अपंगता भएमा पुरक करारमा उल्लेखित रकम उपलब्ध गराउने भनिए पनि उनलाइ अहिले सम्म इन्स्योरेन्सको पैसा दिइएको छैन। सफि अख्तर देवानले बताए अनुसार आफू दुबै आँखाले देख्न नसक्ने भएको तथा यसको प्रमाणहरु देखाउदा समेत इन्स्योरेन्स कम्पनीले केही सुनुवाइ नगरेको बताए । दिन रात आफू तनाबमा रहेको बताए ।

आफुलाइ हस्ताक्षर गर्न घरी घरी बोलाउने गरेको बताए । मेरो परिवारलाई पनि धेरै दुख सहनु परेको बताए । पिडितले रुदै रुदै पालै पालै इन्स्योरेन्स कम्पनी धाइ रहेको तर कर्मचारीहरुले ललाई फकाइ घर फर्काउने गरेका छन। नेशनल इन्स्योरेन्सका कर्मचारी देखि लिएर शाखा प्रमुखले दुख दिएको बताए । आफू अपांग भएको व्यक्तिलाई इन्स्योरेन्स कम्पनी ले ४ महिना देखि दौडाइ रहेको छ । आफू धेरै समस्यामा परेको उनले प्रहार डेलिका सम्पादक राहुल गुप्तालाई बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close