छठ पुजालाई मध्यनजर गर्दै घडीअर्वा पोखरीको छठघाटको सुरक्षा कडा बनाइने

छठ पुजालाई मध्यनजर गर्दै घडीअर्वा पोखरीको छठघाटको सुरक्षा कडा बनाइने

नेपाल मै सबभन्दा लोकप्रिय मानिएको घडिअर्वा पोखरी को छठ पूजाको सुरक्षालाई अरु साल भन्दा कडा बनाइने आज बिहिवारको दिन बसेको सरोकारवालाको बैठकले छलफल गरि निर्णय गरेको छ ।

हरेक साल धेरै नै धुमधाम ले मनाइदै आएको छठ पर्वलाई सुरक्षित तथा ब्यस्थित बनाउने उदेश्यले आज घडिअर्वा छठ पूजा व्यवस्थापन समिति अन्तर्गत रहेको सुरक्षा उपसमितिले आयोजना गरेको सुरक्षा सम्बन्धि छलफलमा पर्सा जिल्लाका सुरक्षा निकायका प्रतिनिधीहरुबिच घडीअर्वा छठघाटमा पूजा र दर्शनका लागि आउने श्रधालु तथा भक्तजन लाई सुरक्षित र सहजरूपले आवतजावत गर्नका लागि नेपाल प्रहरी , सशस्त्र प्रहरी र समितिका स्वंयसेवक संयुक्त रुपमा परिचालन गर्ने सहमति भएको छ ।

पर्सा जिल्लाका प्रहरी नायब उपरीक्षकले छठ घाटको सुरक्षामा नेपाल प्रहरी परिचालन गरिने र त्यसमापनि घडीअर्वा पोखरी छठ घाटको सुरक्षा उच्च प्राथमिकतामा रहेको बताए।उनले सशस्त्र प्रहरी र समितिका स्वर्यसेवकहरु संगको सहकार्यमा नेपाल प्रहरीले छठघाटको सुरक्षा प्रबन्ध मिलाउने बताए । यस्तै उनले सादा पोशाकमा पनि सुरक्षाकर्मी परिचालन गरिने समेत बताए ।

यस्तै बैठकमा सहभागी पर्साका सशस्त्र प्रहरी नायब उपरक्षिक संगम श्रेष्ठले घडिअर्वा पोखरी छठघाटको सुरक्षामा सशस्त्र प्रहरीले पुरै पुख्ता को साथ खटिने बताए ।

त्यस्तै घडिअर्वा पोखरी छठ पुजा समितिका नया अध्यक्ष चयन भएका दिलिप साह कानुले पुजाको समयमा अपृय दुर्घटनालाइ हुन नदिन छठघाट परिसर बाहिर एम्बुलेन्स, बारुण यन्त्र र प्राथमिक उपचार शिविर राख्नुका साथै छठघाट परिसरमा एक दर्जन सिसिटिभी क्यामेरा जडान समेत गरिने बताए ।

सुरक्षा उपसमितिका संयोजक मुन्ना साह कानुको अध्यक्षतामा भएको बैठकमा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख भास्कर खतिवडा ,वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक पुस्कर बोगटी, जिल्ला प्रशासन कार्यालय पर्साका प्रतिनिधी गौरी शंकर गुप्ता , वीरगन्ज महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष सुशिल साह कानु,घडीअर्वा छठपूजा व्यवस्थापन समितिका पूर्व अध्यक्षहरु राजेन्द्र प्रसाद गुप्ता,प्रमानन्द साह कानु,रामनगीना साह कानु ,मदन प्रसाद गुप्ता, बाल्मिकी साह,हिरा साह कानु,प्रेम साह कानु, सदस्य नन्दु साह कानु,प्रचार प्रसार उपसमितिका संयोजक क्रान्ति साह लगायतको सहभागीता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close