
राहुल गुप्ता
जिल्ला ट्राफिक प्रहरी कार्यालयले पर्सा मातहतका क्षेत्रमा सवारी चेकजाँचमा कडाइ गर्न थालेको छ। मादक पदार्थ सेवन गरी सवारी चलाउनेको जाँचदेखि द्रुत गति र आवश्यक कागजात समेतको चेकजाँचमा कडाइ गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा प्रमुख निरीक्षक भास्कर खतिवडा ले जानकारी दिए। उनका अनुसार अहिले रातको समयमा मापसे गरी सवारी चलाएको हो कि होइन भन्ने चेकजाँच बढी गरिन्छ। बढी गतिमा सवारी कुदाएको भए नियन्त्रणमा लिई आवश्यक कारबाही गर्ने योजना ट्राफिक प्रहरीको रहेको छ।

‘सुरुका दिन ६/७ वटा सवारी कारबाहीमा परे, त्यसपछि अहिले सरदर दैनिक ३/४ वटा परिरहेका छन् निरीक्षक खतिवडा ले भने। ट्राफिक प्रहरीले बिरगंज को प्रवेशद्वार र बजार क्षेत्रमा सवारीमाथि निरागानी बढाएको जनाएको छ। निरीक्षक खतिवडा ले एकै ठाउँ नबसी सवारीमाथि छड्के जाँच गर्ने योजना समेत सुनाए। तीव्र गतिमा सवारी चलाउने गरेको जनगुनासो आएको भन्दै उनले आवश्यकभन्दा बढी गतिमा सवारी चलाएको पाइए सवारी र चालक दुवैलाई नियन्त्रणमा लिएर कारबाही गरिने उनले जानकारी दिए। उनले ब्लुबुक र लाइसेन्ससहित कागजात साथमा नभएका सवारीसमेत कारबाहीमा परेको जानकारी दिए।
त्यस्तै यातायात कार्यालयले इरिक्सा को लागि सवारी चालक अनुमती पत्र लिन लागू गरेको नियम लाई कडाइ का साथ लागू गराउन निर्देशन निरीक्षक दिएको खतिवडा बताए ।पहिला भन्दा अहिले इ रिक्सा को ड्राइभिङ लाइसेन्स लिएकाहरु को संख्या बढेको उनले बताए । अहिले बिरगंज मा भएको अव्यवस्थित ट्राफिक लाई ब्यवस्थित बनाउन रुट पर्मिट अनुसार इ रिक्सा लगायत सवारीहरु लाई गाडी चलाउन निर्देशन दिएको उनले बताए ।
अहिले बिरगंज लगायत पर्सा जिल्ला मा सवारी दुर्घटना धेरै कम भइरहेको छ । सवारी बोक्ने गाडीहरु को सवारी क्षमताअनुसार यात्रु बोक्न लगाउने तथा क्षमता भन्दा बडि यात्रु बोकेको गाडी लाई हद सम्म कार्वाही गरुएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख खतिवडा ले ट्राफिक नियमको पालना गर्नु सबैको कर्तव्य हुने भएकाले ट्राफिक नियम उल्लंघन हुन नदिने गरी काम अघि बढाउन जिल्ला ट्राफिक प्रहरी कार्यालय र मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिएको बताए। जिल्ला प्रहरी प्रमुख भएर आउनेबित्तिकै उनले आफ्नो ध्यान ट्राफिक नियमको पालना गर्ने/गराउनेतर्फ केन्द्रित हुने बताएका थिए।
साँघुरो बजार क्षेत्रमा हुने यातायात व्यवस्थापन, अव्यवस्थित सवारी व्यवस्थापन र ट्राफिक नियमको पालनामा कडाइका साथ प्रस्तुत हुने उनको प्रतिबद्धता थियो। प्रमुख खतिवडाले सवारी भाडादरसहित अन्य गुनासोको उचित सम्बोधनका लागि गृहकार्य भइरहेको जानकारी पनि दिए।




