विश्व रक्तदाता दिवस : वीरगन्जमा विभिन्न संघसंस्था र रक्तदाता सम्मानित

विश्व रक्तदाता दिवस पर्सामा पनि बुधबार विभिन्न कार्यक्रम गरि मनाइएको छ ।

वीरगन्जकाे राणीसती अतिथिसदनमा ब्लड डाेनर्स एशाेसियसनले आयाेजना गरेकाे सम्मान कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका वीरगन्जका मेयर राजेशमान सिंहले शरीरको रगत त्यत्तिकै खेर जाने भएकोले रक्तदान गर्न आग्रह गरे । उनले रक्तदान गर्नेहरुको स्वास्थ्य अवस्था सुदृढ हुने र आफुले पनि रक्तदान गर्दै आएको बताए । उनले स्वस्थ अवस्थाका १८ वर्षमाथि र ६० वर्ष मुनिका सबैलाईरक्तदान गर्न आग्रह गरे ।

एशाेसियसन पर्साका अध्यक्ष शत्रुघ्न नेपालको अध्यक्षतामा भएको कार्यक्रममा सामुदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष ग्यासुद्दीन ठकुराई, रेडियो वीरगन्जका अध्यक्ष ध्रुब साह, नेगेटिभ रक्त समूहका निशान्त लामिछानेलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा २०७९ वैशाखदेखि चैतसम्म सय पिन्ट रक्तदान गर्ने २३ वटासंस्था, त्यही अवधिमा दुईपटक वा त्यसभन्दा बढी रक्तदान गर्ने सङ्घसंस्था,आकस्मिक रक्तदान गर्ने २९ जना रक्तदाता, २३ जना दुर्लभ रक्तदाता,प्रत्येक तीन/तीन महीनामा रक्तदान गर्ने पाँचजना स्वयंसेवी रक्तदाता र रक्तदान कार्यक्रममा जुस सहयोग गर्ने डाबर नेपाल, आर्थिक तथा भौतिक सहयोग
गर्ने सञ्जु साह, रामबाबू सिंहलगायतलाई सम्मान गरिएको थियो।

यसैबीच नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाले उपशाखाहरुको सहकार्यमा बहुदरमाई नगरपालिकाको दुई स्थानमा विश्व रक्तदाता दिवसको अवसरमा उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ । नेपाल रेडक्रस साेसाइटी उपशाखा भौराटारका अध्यक्ष काशी
साह र गम्हरिया उपशाखाका अध्यक्ष मौलाद्दीन मियाँको अध्यक्षतामा भएको उत्प्रेरणा कार्यक्रममा रेडक्रस साेसाइटी पर्साका सभापति वीरेन्द्रराज कँडेल,रक्तसञ्चार केन्द्र वीरगन्जका प्राविधिक प्रमुख सौरभराज पाण्डे र उपशाखा रेशमकोठीका लालबाबु सिंहले कार्यक्रममा सहभागीलाई रक्तदानका विषयमा जानकारी गराएका थिए ।

यसैगरी विश्व रक्तदाता दिवसकै अवसरमा पर्सा र बारामा बुधबार तीनवटा संस्थाले रक्तदान कार्यक्रमसम्पन्न गरेका छन् ।

नेपाल रेडक्रस साेसाइटी पर्सा शाखाले रक्तसञ्चार केन्द्र वीरगन्जमा रक्तदान गरेकोकेन्द्रका प्राविधिक प्रमुख पाण्डेले बताए ।यस्तै नारायणी बयोधा मेडिसिटी अस्पतालले आयोजना गरेको रक्तदान कार्यक्रममा ७ जना महिलासहित ४१ जनाले
रक्तदान गरेको प्राविधिक धीरेन्द्र झाले बताए । बाराको छातापिपरामा पनि सौरभ फुड कन्सर्नले आयोजना गरेको रक्तदान कार्यक्रममा २९ जनाले रक्तदान गरेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close