बारा जिल्लाका एम्बुलेन्स चालक द्वारा होलि मिलन कार्यक्रमको आयोजना

बारा जिल्लाका एम्बुलेन्स चालक द्वारा होलि मिलन कार्यक्रमको आयोजना

होलि पर्व नजिकिए सगै विभिन्न संघ सस्थाहरुले होलि मिलन कार्यक्रमको आयोजना गर्न थालेका छन । होलि मिलन कार्यक्रममा होली पर्बको शुभकामना साटासाट गर्नुका एक अर्का लाई बधाई दिने गरिएको छ ।

यसै बिछ आज बारा जिल्लाको एम्बुलेन्स चालकहरुले समेत होलि मिलन कार्यक्रमको आयोजना गरेका छन । कार्यक्रम लाई सम्बोधन गर्दै नेपाली कांग्रेस बाराका युवा नेता लोकेश सिंहले एम्बुलेन्स चालकहरू मिनी डाक्टर भएको बताउनु भएको छ । होली मिलन समारोहमा प्रमुख अतिथिको रुपमा बोल्दै नेता सिंहले एम्बुलेन्स चालकहरुको प्रशंसा गरेका हुन । नेपाली कांग्रेस बारा क्षेत्र नम्बर४ ख को सभापति समेत रहनु भएका सिंहले एम्बुलेन्स चालकहरुले बिरामीलाई समयमा अस्पतालमा पुरयाएर उनीहरुको ज्यान जोगाउन महत्त्वपूर्ण योगदान दिएको भन्दै एम्बुलेन्स चालकहरु मिनी डाक्टरको भएको धारणा राख्नु भएको हो । वहाँल एम्बुलेन्स चालकहरुको उपचार निशुल्क गरिदिन हुन अस्पताल संचालकहरुलाई आग्रह गर्नु भयो । वहाँले भारतीय नम्बरको एम्बुलेन्स संचालनमा कडाई गर्नुपर्ने धारणा राख्नु भयो । युवा नेता सिंहले एम्बुलेन्स चालकहरुले पैसाकोलागि मात्रै नभएर समाज सेवाकोलागी समेत काम गरिरहेको धारणा राख्नु भयो ।

कलैया स्थित राज लक्ष्मी हस्पिटलको सभाकक्षमा आयोजित कार्यक्रममा हस्पिटलका संचालक विजय साह, डाक्टर सुनिल पटेल, डाक्टर मनोज कुश्वाहा, ट्राफिक प्रहरी वरिष्ठ नायब निरीक्षक माधव सिलवाल लगायतले शुभकामना मन्तव्य राख्नु भयो । एम्बुलेन्स चालक संघ बाराका अध्यक्ष दिपेन्द्र महतो कोईरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close