नेपाली कांग्रेसका विकास प्रेमी नेता राम नारायण कुर्मिको पहलमा सरेही बाटो विस्तार

कांग्रेसका विकास प्रेमी नेता राम नारायण कुर्मिको पहलमा सरेही बाटो विस्तार

राहुल गुप्ता 

नेपाली कांग्रेसका विकास प्रेमी नेता रामनारायण कुर्मीले यतिवेला बिरगंज महानगपालिकाका जनता माझ निक्कै लोकप्रिय बन्दै गएका छन । बिरगंजको सुन्दर हरैचामै रमाएर बसेका कुर्मीको स्वभाव खरो देखिएपनि जनताको गुनासो नझर्की सुन्ने र तत्कालै सम्बोधन गर्ने बानीले लोकप्रिय बनेका हुन।

आज उनले बिरगंज महानगरको वडा न.३१ को कोन्हिया देखि प्रसौनी सम्मको सरेही बाटो बिस्तार कार्यलाई विस्तार गर्न ठूलो भुमिका खेलेका छन । वर्षौं देखि अल्पत्र रहेको बाटो लाई उनके आफ्नो नेतृत्वमा बजेट ल्याइ बनाउन लागेका छन । बाटो निर्माण कार्यलाइ आज पुजा पाठ गरेर उनले उद्घाटन गरेका छन ।

विकासको लागी आएको बजेटमा बाँडीचँुडि खाने प्रवृती बढिरहेको बेला नेता कुर्मिले त्यस्तो बजेटकोे लोभ नगरि सक्दा सम्पुर्ण बजेटको सदुपयोग हुने गरि दीर्घकालीन सडक निर्माण गर्न निर्देशन दिएका छन ।

आज भएको उद्घाटन कायक्रममा वडा अध्यक्ष जितेन्द्र यादवको अध्यक्षता भएको थियो भने सो कार्यक्रममा गाउँका सम्पूर्ण भद्रभलादमिहरुको उपस्थिति रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close