
राहुल गुप्ता
जलेश्वर नगरपालिका अन्तर्गत बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदैछ। राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत स्वास्थ्य तथा जनसख्या मन्त्रालय मार्फत जलेश्वर नगरपालिकाका बालबालिकालाई भिटामिन ‘ए’ क्याम्पसुल खुवाउन लागिएको हो।
जलेश्वर नगरपालिकाका नगर प्रमुख सुरेश साह सोनारले बालबालिकालाई भिटामिन ‘ए’ खुवाएर कार्यक्रमको सुरुवात गरेका छन्। उनले पालिका भित्र रहेको आफ्नो घर नजिकको खोप केन्द्रमा लगेर बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सबै अभिभावकहरुलाई अनुरोध समेत गरेका छन ।
स्वास्थ्य शाखाका प्रमुख संजय शर्माले ६ महिनादेखि ५९ महिना सम्मका बालबालिकालाई भिटामिन ‘ए’ र एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने जानकारी दिए ।
त्यस्तै जलेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जय कुमार साहले पालिकाका करिब ७७०० जना बालबालिकाले भिटामिन ‘ए’ तथा करिब ६००० बालबालिकाले जुकाको औषधि खाने साथै बालबालिकाहरु लाई बालबिटा पनि वितरण गरिने जानकारी गराएका छन।
राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमका लागि जलेश्वर नगरपालिकामा आज र भालि गरि ८० जना महिला स्वास्थ्य स्वयम्सेविका र ४० स्वास्थ्यकर्मी खटिने छन्।“भिटामिन ए र जुकाको औषधि खुवाउन आएका अभिभावकलाई तपाईंको बच्चाले कुनै खोप लगाउन छुटेको छ कि छैन भनेर अनिवार्य रुपमा जानकारी लिन पालिकाका प्रमुख प्रशाशकिय अधिकृत जय कुमार साहले निर्देशन दिनुभएको छ।
पालिकाले प्रत्येक आर्थिक वर्षको कात्तिक र वैशाखमा बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउने कार्यक्रम सञ्चालन गर्दै आएको उपप्रमुख रोशन खातुनले बताइन ।




