
प्रहार डेलि डट कम र अनलाइन न्युज दैनिकले यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र वीरगंजको समाचार लगातार प्रकाशित गरेफछि यातायात व्यवसथा कार्यालय वीरगंजले आज सुचना निकाली लिखित तथा प्रयोगात्मक परिक्षा स्थगित गरेको छ।
प्रहार डेली डट कमका सञ्चालक तथा अनलाईन न्युज दैनिक पत्रिकाका विशेष सम्वाददाता राहुल गुप्ताले लगातार केही दिन देखि यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्रको बेथिती को बारेमा वीरगंजको यातायात व्यवस्था कार्यलयमा भइरहेको करोडौंको भ्रष्टाचार सम्बन्धि सामाचार निरन्तर प्रकाशित गर्ने क्रममा आज काठमाडौबाट अख्तियार दुरुपयोगअनुसन्धान आयोगका केन्द्रिय टोलिले यातायात व्यवस्था कार्यालयका भ्रष्ट करारका कर्मचारी शम्भु गुरुङलाई हिजो अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाले सोधपुछको लागि बोलाएको थियो र साथै त्यस्तै लगातार गरेको सामाचार सम्प्रेषणको प्रभावले आज वीरगंज यातायात व्यवस्था कार्यालय वीरगंजका कार्यालय प्रमुख कमलराज गौतमको हस्ताक्षर सहितको सुचना निकालदै अगामी दिनमा हुने लिखित परिक्षा र प्रयोगात्मक परिक्षा कार्यालयको पेज मार्फत स्थगित गरेको छ।
केहि दिन पहिला वीरगंज यातायात व्यवस्था कार्यालयमा बढेको बेथिति सार्वजानिक भएपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कार्यालयलाई सूक्ष्म निगरानीमा राखेको थियो।
सवारी चालक अनुमति प्रमाणपत्र बनाइदिए बापत,’मोटो आर्थिक चलखेल’ हुने गरेको सञ्चार माध्यमहरूमा समाचार प्रकाशन तथा प्रशारण भएपछि अख्तियारले वीरगंज यातायात व्यवसथा कार्यालयमा सूक्ष्म निगरानी गरेर हरेक सवारी चालक अनुमति प्रमाणपत्रको प्रक्रियामा रेखदेख बढाएको थियो र लिखित तथा ट्रायल जाचमा १०% हाराहारीमा परिक्षार्थी मात्र पास हुने गरेका थिए ।
तर अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग वीरगंज यातायात व्यवसथा कार्यालयबाट गएपछी जाच दिएर पास हुने परिक्षार्थीको संख्या लगभग ७०% भएको छ।कसरी केही दिन पहिला १०% मात्र पास हुने परिक्षार्थी अहिले ७०% पास भइरहेका छन।यसको मुख्य कारण वीरगंज यातायात व्यवस्था कार्यालयमा पैसाको चलखेल घुसखोरी रहेको छ।
यातयात कार्यालयका प्रमुख कै नेतृत्वमा यहाँ लाइसेन्स बिक्रीवितरण हुँदै आएको छ। तलदेखि माथिसम्म सेटिङ गरेर लाइसेन्स बिक्रीवितरणबाट मासिक ३० करोड भन्दा बढि रूपैयाँ अनाधिकृत रूपमा असुल्दै आएको सार्वजानिक भएको छ।
विगतको दिनमा सो कार्यालयमा हुने ट्रायल परिक्षा र लिखित परिक्षाको दिन अख्तियारको टोली पुगी आफ्नो रोहबरमा आर्थिक कारोबार बन्द गराएको र अहिले अख्तियार टोली नआउदा व्यापक रुपमा भ्रष्टचार बढे पछि अख्तियार माथि नै शंकाको बिषय बनेको सेवाग्राहीहरुले बताएका छन।
अहिले बिरगंज यातायात कार्यलयका प्रमुख कमल गौतम र उनको बिश्ववास पात्रको रुपमा रहेको ड्राईभर शम्भु गुरुङले यातायात कार्यालय भित्र रहेको बिचौलियाहरु मार्फत मोटो रकम उठाई फेल भएकाहरुलाई पास गराउने गरेको नाम नछाप्रने सर्तमा एक बिचौलियाले बताएका छन।
चितवन जिल्ला निवासी शम्भु गुरुङ्ग करिब २५ वर्ष अगाडि देखी यातायात व्यवस्था कार्यालय वीरगंजमा आई दाई महेन्द्र गुरुङ्गको सहयोगमा भान्सेको काम गर्दा गर्दै तत्कालिन कार्यालय प्रमुखहरुलाई रिझाउदै आफुलाई करारको ड्राईभरमा नियुक्ती लिन सफल भएका थिए । गुरुङ्ग ड्राईभरको नियुक्ती लिए पनि उनको मुख्य काम बिचौलियाको रहदै आएको घाम जस्तै छर्लङ्ग रहेको छ । उनी कार्यालयको प्रमुख हुन कि कार्यालय सहयोगी ? प्रायःलाई ठम्याउन गा¥हो हुदो रहेको सेवाग्रहीहरु नै बताउदछन्।
अहिले यातायात कार्यलयमा कार्यालय प्रमुखले बिचौलिया नै करारमा नियुक्ति दिएर पैसा असुलीमा लगाएका छन।अहिले यातायात कार्यलयमा ४०% स्थाई कर्मचारी छन भने ६०% भन्दा बडि करारका कर्मचारीहरु रहेका छन।
अनलाइन न्युज दैनिकमा प्रकाशित न्युज

लिखित स्थगित





