पर्साको ड्राइपोर्ट सिर्सिया क्षेत्रबाट काजु र कपडाको तस्करी

पर्साको ड्राइपोर्ट सिर्सिया क्षेत्रबाट काजु र कपडाको तस्करी

वीरगन्ज,पर्सा

पर्साको सीमावर्ती क्षेत्रबाट प्रहरी कै अगाडीबाट खुल्याम काजु र कपडाको तस्करी हुने गरेको समाचार प्राप्त भएको छ। पर्साको ड्राइपोर्ट क्षेत्रबाट तस्करहरूले प्रहरीकै अगाडीबाट दिन दहाडै काजु र कपडाको तस्करी हुने गरेको पाइएको हो ।

वीरगन्ज महानगरपालिका वडा नं २५ स्थित श्रीसिया भन्सार अगाडी रहेको नेपाल प्रहरी र सशस्त्र प्रहरीको चेक पोस्ट अगाडीबाटै तस्करी हुने गरेको पाइएको छ । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणका प्रमुख र जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुखले सीमा नाकाहरूमा निगरानी बढाउने र चोरी तस्करी नियन्त्रण गर्न आदेश गरेपनी तस्कर सम्राज्यले खुल्याम प्रहरी कै अगाडि बाट चोरी तस्करी गर्न सफल हुने गरेको पाइन्छ ।

चारै तिर नेपाल प्रहरी र सशस्त्र प्रहरीको सेटिङ पत्रकार नै मिलाऐर तस्करको लाईन दिने गरेको स्थानियहरुले बताउछन।मुख्य तस्करको रुपमा मुख्या भन्ने रमभु रहेका छन।

श्रीसिया भन्सार नाका हुँदै अकाश, पशुपती, मुनिलाल, रम्भु भन्ने तस्करले तस्करीको लाइन पाएको प्रहरी श्रोत नै दाबी गर्छन । उनका अनुसार सशस्त्र प्रहरी निरीक्षक बिपिन खन्नालले माथिल्लो निकायसम्मै जिम्मा लिए पश्चात् तस्करी कार्य रोक्न नसकिएको बताए । सशस्त्र प्रहरी निरीक्षक खन्नाल आर्थिक प्रलोभनमै परेको कारण सशस्त्र प्रहरी संगठनमै उच्च अवधा अर्थात एसपी लगायत डिआइजी सम्मको नाम बदनाम हुने गरेको, उनले बताए ।

सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट ड्राइपोर्टका प्रमुख बिपिन खन्नाल आफै सीमा नाकामा बसि काजु र कपडा नेपाल भित्रयाउने कार्य गरेको स्थानीयहरू बताउछन ।स्थानीय एक पसल संचालकका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीको सन्युक्त टोलि चेकजाच गरिरहेका थिए, तर एकाएक सशस्त्र प्रहरी निरीक्षक खन्नाल आए पश्चात् तस्करहरूको लस्करै लागेको, उनले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close