
राजन कुमार बानिया
भिस्वा २४ असार
पर्सा जिल्ला को छिपहरमाई गाउँपालिकाको १०अौ गाउँ सभा अाज समपन्न भएको छ। गाउँ सभा लाई प्रमुख अतिथि रहनु भएको पुर्व गाबिस अध्यक्ष पहलाद गुप्ता ले कार्यक्रम लाई उदघाटन गर्नु भएको थियोे ।गाउँपालिका ले गाउँ सभा बाट अार्थिक वर्ष २०७७/०७८ को बजेट ४० करोड ७१ लाख ८८ हजार अाठ सय सतहतरी रुपैयाँ बराबरको बजेट गाउँपालिका को प्रमुख प्रसाशकिय अधिकृत देवनाथ साह ले प्रस्तुत गर्नु भएको थियोे ।
छिपहरमाई गाउँपालिका को गाउँ सभा गाउँपालिका कार्यालय को सभा हल मा समपन भएको छ। गाउँ सभा मा गाउँपालिका को पाचै वार्ड को योजना समेत प्रस्तुत गर्नु भएको थियोे । ०७६/७७ को बजेट मा छिपहरमाई गाउँपालिका मा जन्म लिन बालिका हरु लाई दुई लाख को बालिका स्वर्ण बिमा को निरन्तर्ता गरिएको छ । अहिले को बजेट मा बिषेश प्राथमिकता शिक्षा , स्वास्थ्य कृषि ,सिचाई, बिपद ब्यवस्थापन , रोजगार, भौतिक पुर्वधार ,लगायत मा जोडदिएको बताए गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ता ले जनाएका छन।
छिपहरमाई गाउँपालिका को बिकास मा स्थानिय जनसमुदाय ,जनप्रतिनिधि र कर्मचारी हरु को सहयोग का कारण बिकास गतिलिएको मा सबै जना लाई धन्यवाद समेत दिनु भएको छ। जब सम्म सबै को सहयोग र सहकार्य हुदैन भने बिकास को काम मा कमी अाउने बताए । छिपहरमाई गाउँपालिका को बिकास कार्यमा सबै पार्टी पन्थी हरु संग सहकार्य गरि चलने प्रतिबद्धता समेत गर्नु भएको थियोे ।यस्तै सबै जना ले सहयोग गर्दै गएमा देश को नमुना गाउँपालिका बनाउने दाबी समेत गरेका छन।
प्रतेक वार्ड हरु मा वार्ड र गाउँपालिका बाट बराबर बिकास निर्माण र अन्य काम को रकम बिन्योजन गरिएको छ। नेपाल सरकारबाट सर्शत अनुदान अन्तर्गत रु १२ करोड ८२ लाख , समाजिक सुरक्षा अनुदान ६ करोड, बितिय समानिकरण १० करोड ८८ लाख५१ हजार,राजस्व बाडफाँड ६करोड २२ लाख ,अान्तिक अाय ७६ लाख, समपुर्क ५४ लाख, लगायत ४० करोड ७१ लाख ८८ लाख ८ सय ७७ रुपैया को बजेट प्रस्तुत गर्नु भएको छ। स्वास्थ्य, शिक्षा, कृषि पर्यटन,महिला ,बालबालिका स्वर्ण बिमा लाई नियनतर्ता दिएकोछ। प्रदेश सरकार को बितियसमानिकरण अनुदान ७१ लाख ५१ हजार शशर्त अनुदान ८० लाख, बिषेश अनुदान २० लाख,समपुर्क अनुदान ३०लाख,रहेको छ।
स्वास्थ्य, शिक्षा, पोषण, बाल संरक्षण तथा सरसफाइ विपद
जोखिम न्यूनीकरण र बाल केन्द्रित योजना कार्यक्रमको लागि नेपाल सरकार र अन्य बाट अाउने अनुमानित बजेट
जम्मा ४० करोड ७१ लाख ८८ हजार को बजेट अनुमानित आय
प्रसाशकिय अधिकृत साह ले जनाए का छन।गाउँ सभा भएको नीति तथा कार्यक्रमगाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ता को अध्यक्षतामा समपन्न भएको थियोे ।
गाउँ सभामा गाउँपालिका उपाध्यक्ष मोदिना खातुन, समसुल मियाँ , ज्ञानबहादुर साह,जिल्ला समन्वय समिति पर्सा का सदस्य सुबास साह ,वार्डअधयक्ष राजबली प्रसाद यादव, महेन्द्र साह कलवार,बिनोद साह कानु , बालक राउत गदी, मौजिलाल साह कानु, लगायत कार्यपालिका सदस्य र गाउँपालिका जनप्रतिनिधि र समपुर्ण महिला ,पुरुष को सहभागसता रहेको थियोे ।गाउँ सभा मा स्वास्थ्य संयोजक शम्भु प्रसाद गुप्ता , ईन्जिनियर प्रगास कुमार गुप्ता , लेखापाल सागर मराठा, योजना प्रसांत कुमार गुप्ता , अाईटी अौफिसर संजिव यादव, कृषी का भुलन प्रसाद, शिक्षा प्रमुख सृजना बुढाथोकी , संचारकर्मी , प्रहरी चौकी भिस्वा का प्रमुख प्रेम खत्री,टिहुकी प्रहरी चौकी प्रमुख पवन झा,बुढगाई प्रहरी चौकी प्रमुख वकिल सिंह, समेत को सहभागिता रहेको थियोे । कार्यक्रम संचालन स्वास्थ्य संयोजक शम्भु प्रसाद साह ले गर्नु भएको थियोे ।




