
बारामा तस्करीको चिनी र प्याज प्रहरीले बरामद गरेकाे छ ।
कलैया उपमहानगरपालिका-१२ स्थित खेदु मियाँकाे घरमा गाेदाम बनाई भण्डारण गरि राखिएको १४ बाेरा चिनी र ५३ बाेरा प्याज नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टाेलीले छापा मारेर बरामद गरेकोे हाे।
मटिअर्वा स्थित सशस्त्र प्रहरीको प्रस्तावित सिमा सुरक्षा गुल्मका इन्चार्ज(सशस्त्र प्रहरी नायब उपरीक्षक )काे मिलाेमताेमा तस्करहरुले भारतबाट अवैध रुपमा ल्याएकाे चिनी र प्याज मियाँकाे गाेदाममा भण्डारण गरेर राखिएको थियाे।उक्त सुचना मधेस प्रदेशका सशस्त्र प्रहरीका डिआईजी कालीदास धाैजीले पाएपछि उनकै निर्देशनमा बिहीबार नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टाेलीले मियाँकाे गाेदाममा छापा मारेकाे थियाे।त्यसक्रममा प्रहरीले दुईवटा माेटरसाइकलपनि नियन्त्रणमा लिएको छ।
मटिअर्वा नाकाबाट केही समय यता सुरक्षाकर्मीकै मिलाेमताेमा प्याज,काजु,चिनी,किसमिस र केराउकाे तस्करी हुँदै आएकाे श्राेतले जनाएको छ।
तर बाराका सशस्त्र प्रहरी उपरीक्षक सन्तोष बहादुर सिंहले भने आफुले कसैसँग पनि रकम नलिएको र आफू दिनरात खटेपनी तस्करीको समान तर्फ आफ्नो आँखा नपुगेको बताए ।
उता मटिअर्वाका सशस्त्र प्रहरी नायब विनाेद भट्टराईलेपनि खुल्ला सिमाका कारण तस्करी भएको हुन सक्ने प्रतिक्रिया दिँदै आफुले कसैसँग पनि पैसा नलिएको बताए ।
यसअघि मटीअर्वा नाकाबाटै भित्रीएकाे चिनी र प्याजिहितकाे मिनी ट्रक सशस्त्र प्रहरीका डीआईजी धाैजीकै आदेशमा सशस्त्र प्रहरीको टोलीले उतरझिटकैयाबाट नियन्त्रणमा लिएर आन्तरिक राजस्व कार्यालय पथलैयामा बुझाएको थियो ।




