गण्डकी प्रदेश प्रहरी प्रमुख अर्यालद्वारा प्रदेश ट्राफिक र जिल्ला प्रहरी कार्यालय कास्कीको निरीक्षण

गण्डकी प्रदेश प्रहरी प्रमुख अर्यालद्वारा प्रदेश ट्राफिक र जिल्ला प्रहरी कार्यालय कास्कीको निरीक्ष

खेमराज खनाल पोखरा वैशाख ३१,
गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले जिल्ला प्रहरी कार्यालय कास्की र गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय, गगनगौँडा कास्कीको निरीक्षण गर्नुभई कार्यरत प्रहरी कर्मचारीहरुलाई प्रहरी सेवा प्रवाह लगायत विविध समसामयिक विषयमा निर्देशन सम्बोधन समेत गर्नुभएको छ ।
गण्डकी प्रदेश अन्तर्गत रहेका मातहतका प्रहरी कार्यालयहरुबाट भईरहेको प्रहरी सेवा प्रवाहको विषयमा जानकारी लिई वैश्विक महामारीका रुपमा रहेको कोरोना भाईरसको संक्रमणलाई फैलन नदिन भईरहेका विभिन्न गतिविधिहरुको निरीक्षण तथा अवलोकन गरि थप प्रभावकारी एवं नतिजामुलक प्रहरी सेवा प्रवाहका लागि आवश्यक पहल तथा निर्देशन गर्न प्रहरी नायव महानिरीक्षक अर्यालद्धारा उक्त निरीक्षण भ्रमण कार्यक्रम सम्पन्न गरिएको हो ।

निरीक्षणका क्रममा जिल्ला प्रहरी कार्यालय कास्की पुग्नु भएका प्रहरी नायव महानिरीक्षक अर्यालले जिल्ला प्रहरी कार्यालय कास्कीको विभिन्न शाखाहरुबाट सम्पादन भईरहेको प्रहरी सेवा प्रवाहको विषयमा जानकारी लिई कोरोना भाईरसको नियन्त्रणका लागि अपनाईएका विभिन्न गतिविधिहरुको प्रत्यक्ष अवलोकन समेत गर्नु भएको छ ।

सोहि अवसरमा जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख प्रहरी उपरीक्षक दान बहादुर कार्कीले जिल्ला अन्तर्गतको शान्ति सुरक्षाको अवस्था, प्रहरी परिचालन, अपराधन नियन्त्रण र अनुसन्धान, समुदाय-प्रहरी साझेदारी अन्तर्गत हालसम्म भए गरेका विविध गतिविधिहरु लगायत कोरोना भाईरसको नियन्त्रणमा भईरहेका क्रियाकलापहरु बारे जानकारी गराउनुभयो ।

निरीक्षण पश्चात प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्दै गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अर्यालले प्रहरीले लगाएको निलो बर्दी प्रहरी पोशाक मात्र नभई आम नागरीकको आशा र भरोसाको प्रतिक समेत भएकाले नागरिकलाई नै केन्द्रविन्दुमा राखि सदैव जनमैत्री प्रहरी सेवा प्रवाहलाई जोडदिनु पर्ने बताउनु भएको छ ।

साथै वैश्विक महामारीको रुपमा रहेको कोरोना भाईरसबाट संक्रमित हुनेको संख्या नेपालमा समेत बढ्दै गएकाले लकडाउनलाई पुर्णपालना गराई संक्रमणलाई फैलन नदिन अग्रपंतिमा रहेर काम गरिरहेका प्रहरी कर्मचारी सरोकारवाला निकायसंग समन्वय गरि आफू सुरक्षित भई उच्च मनोबलका साथ काम गर्न निर्देशन गर्नुभयो ।

सोहि दिननै प्रहरी नायव महानिरीक्षक अर्यालले गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय गगनगौँडा, कास्कीको समेत निरिक्षण तथा अवलोन गरि कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नु भएको छ ।

गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले प्रदेश अन्तर्गत सवारी दुर्घटना न्यूनिकरण र ट्राफिक सचेतना लगायतका विषयमा भएका गतिविधिहरु बारे प्रहरी नायव महानिरीक्षक अर्याललाई जानकारी गराउनु भएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close