कालिकामाई गाउँपालिकामा १५ महिने बालक कोरोना संक्रमित

कालिकामाई गाउँपालिकामा १५ महिने बालक कोरोना संक्रमि
राजन कुमार बानिया
पोखरिया १ जेठ
पर्साको कालिकामाई गाउँपालिकाका १५ महिने बालकमा पनि कोरोनाको संक्रमण देखिएको छ । पर्सामा हिजो पुष्टि भएका ३ जना मध्ये एक जना १५ महिने बालक रहेको पुष्टि भएको कालिकामाई गाउँपालिकाका वडा नं. ५ का वडा अध्यक्ष पवन तिवारीले जानकारी दिनुभयो ।

संक्रमित ती १५ महिने बालक सो गाउँपालिकाको वडा नं. १ मुड्लीका हुन् । संक्रमित बालक आमासँगै गत बैशाख २७ गते भारतबाट मुड्ली आएका थिए । आमामा कोरोनाको संक्रमण भए नभएको अहिले यकिन हुन नसकेको वडा नं. ५ का वडा अध्यक्ष तिवारीले जानकारी दिनुभयो ।

हिजो ३ जनाका संक्रमण पुष्टि भएसँगै पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले तीन जनामा बीरगन्जको मुर्लीका पनि एक रहेको भनेर फेसबुकमा पोष्ट गरेका थिए । तर बीरगन्जको मुर्लीमा कोही पनि संक्रमित नरहेको पाइएपछि खोजी गर्दा कालिकामाई गाउँपालिकाको मुड्लीका ती १५ महिने बालक संक्रमित रहेको पुष्टि भएको वडाध्यक्ष तिवारीले बताउनुभयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close