
बिरगंज , साउन १२ गते शुक्रबार ।
नेपाल उपत्यका बाहिरको सबैभन्दा जेठो र पुरानो ठाकुरराम बहुमुखी क्याम्पस ईकाई समितिले शुक्रबार क्याम्पस प्रमुखको एकलौटि रुपमा निर्णय गर्ने गरेकोले क्याम्पस प्रमुखको कार्यालयमा शुक्रबार तालाबन्दी गरेको छ ।
ठाकुरराम बहुमुखी क्याम्पसईकाई समितिका विद्यार्थी नेता शेष हजराको नेतुत्वमा गएको टोलिले शुक्रबार क्याम्पस प्रमुखको कार्यालयमा तालाबन्दी गरेको हो। नवनियुक्त क्याम्पस प्रमुखको नियुक्ती गलत रहेको र क्याम्पस प्रमुखले एकलौटी निर्णय गर्ने ! कसैलाई जानकारी पनि नदिने , सहायक क्याम्पस सरलाई हटाईदिने , क्याम्पसको न्स्या भवन छिटो भन्दा छिटो सुचारु गर्मु पर्ने , महिला होस्टेलमा पर्खाल तुटेको छ , तुरुन्तै मर्मत गर्नु पर्ने, दलित छात्रावास छिटो भन्दा छिटो तयारि गर्नुपर्ने , छात्रवृत्ति को पैसा अहिलेसम्म बितरण नभएकोले तुरुन्तै बाड्नु पर्ने जस्ता माग नसच्याए सम्म ताल्चा नखोल्ने नेता हजराले प्रहार डेलीलाई बताएका थिए ।
यस अघि विद्यार्थी नेता हजरा कै नेतुत्वमा गएको टोलिले क्याम्पस प्रमुखलाई ज्ञापनपत्र बुझाउदै पत्रमा क्याम्पसमा एकलौटी तथा तानाशाही ढंगले हिड्ने नवनियुक्त क्याम्पस प्रमुखको बिरोध गर्दै आफ्नो गलत निर्णयहरु सच्याउन तथा लकडाउमा विद्यार्थीहरुको पठन पाठन क्वारेन्टाइन रहेका क्याम्पसहरुलाई सेनिटाईजेशन , सरसफाइ तथा कर्मचारीहरुको सुरक्षाको लागी माक्स र सेनिटाईजरको बन्दोबस्त सिघ्र मिलाउन जोडदार माग गरेका थिए ।सुनवाही नभएकोले बाध्य भएर आज ताल्चा लगाउनु परेको नेता हजराले बताए ।