अहिले पत्रकारहरुलाई समाजले हेर्ने दृस्टिकोणमा फरक – दु:खदको घडीमा सान्त्वना दिने कोहि नआएको अवस्था ।

अहिले पत्रकारहरुलाई समाजले हेर्ने दृस्टिकोणमा फरक – दु:खदको घडीमा सान्त्वना दिने कोहि नआएको अवस्था

बिरगंज , जेष्ठ ०१ गते बिहीबार ।

बिश्वमा कोभिड-१९ कोरोना भाईरसको माहामारी सङ्गै त्रास र यसबाट बच्न नेपालमा पनि लकडाउन सुरु भएसङै सुरक्षाकर्मी , स्वास्थ्यकर्मी र सन्चारकर्मीहरु फ्रन्ट लाईनमा रहि आफ्नो ज्यानको पर्वाह र परिवारहरुको माया मोह त्यागेर जनताको लागी , देशको लागी , समाजको लागी , विभिन्न संघ-सस्थाको लागी , राजनैतिक पार्टीका लागी काम गर्दै आईरहेको अवस्थामा केहि दिन अघि मात्र पर्साका दुई पत्रकारहरुलाई कोरोना भाईरस पोजेटिभ देखिएको सङै अहिले पत्रकारहरुलाई हेर्ने दृस्टिकाेण समाजमा परिवर्तन भएको हुदा अचम्म लागेको छ ।

हिजो सम्म यहि सन्चारकर्मीहरु ( पत्रकार ) लाई आफ्नो निजि स्वार्थका लागी प्रयोग गर्दै आईरहेका विभिन्न संघ सस्था , राजनैतिक दल , एनजिओ , आएनजिओ , ईस्ट मित्र र आफन्तजनहरु अहिले यस्तो अवस्थामा कुनै आश्वासन , प्रतिक्रिया , आवस्यक सहयोग र सान्त्वना समेत नाआएकोमा आगामी दिनमा हामी पर्सेली सन्चारकर्मी एक भैइ यस्ता स्वार्थी सोच र निजि प्रयोग गर्नेहरु सङ्ग बेलैमा सचेत हुन र जरुरी छ ।

सुखको बेला त सबै हुन्छ तर दु:खको बेला सबै टाटा – टाढा हुदै गैइ रहेको छ । कोभिड को सन्क्रमण देखिएका २ जना सन्चारकर्मी नारायणीको आइसुलेसन मागैसके काछ्न र पर्सा का करिब १०४ जना सन्चारकर्मी ले आफ्नो स्वाब परिक्षण गराइ रिपोर्ट न आउन्जेल सम्म को लागि आ-आफ्नो घर वा अफिस मा सेल्फ क्वरन्टाइन भै बसे काछ्न । तर समाज मा सन्चारकर्मी लाई देख्ने दृस्ठिकोण नै फरक भै दिदा प्राय जसो सन्चारकर्मि अहिले मान्सिक तनाव भोग्नु परेको छ । अहो रात्र सहि सुचना र आम जनमानसको पीडा समाजको सामु ल्याउने सन्चार जगत मा काम गर्ने लाई समान को दिस्टिले देख्नु को साटो अव्हेल्ना गर्नु कति जायज होला । यो आफै मा एउटा गम्भीर विषय बने को छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close