नगर प्रमुखद्वारा दुग्ध उत्पादक सहकारी सस्थालाई चेक हस्तान्तरण ।

बिरगंज , जेष्ठ २३ गते शुक्रबार ।

यस पर्सागढी नगरपालिकाको आ.ब.०७६ /०७७ को नगर स्तरिय आर्थिक तथा सामाजिक बिकास योजना अन्तरगत दुध संकलन केन्द्रलाई अनुदानमा चिलिङ्गभ्याट बितरणका लागि यस पर्सागढी नगरपालिका वडा नं.३ बढनिहार स्थित संचालनमा रहेको यस न.पा.अन्र्तगतको एकमात्र दुग्ध उत्पादक सहकारी संस्था अन्नपुर्ण दुग्ध उत्पादक सहकारी संस्थालाई आज एक कार्यक्रम बिच नगरप्रमुख लोक नारायण यादव तथा उपप्रमुख अर्चना चौधरी ज्यु बाट संस्थाका अध्यक्ष जग्गनाथ तिवारी र कोषाध्यक्ष भुमा अधिकारी समक्ष नगरप्रमुख ज्यु को कार्यकक्षमा उत्त रु.५,०००००।– (पाँच लाख) को चेक हस्तान्तरण गरिएको थियो । आगामि दिनहरुमा समेत पशुपालन किसान हितमुखि कार्यक्रमलाई बढावा र निरन्तरता दिने प्रतिबद्धता समेत नगरप्रमुख तथा उप प्रमुख ज्यु बाट ब्यत्त गरिएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close