
राहुल गुप्ता
नेपाली कांग्रेसकाे संसदीय मामिला विभागकाे सदस्यमा पर्साका नेता नरेन्द्र साह मनाेनित भएका हुन्।
नेपाली कांग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवाले साेमबार कांग्रेस पार्टीको विधान २०१७ काे धारा २५(९) बमाेजिम संसदीय मामिला विभागकाे सदस्यमा साहलाई मनाेनित गरेका हुन्।
पार्टी सभापति देउवाले विभागकाे संयाेजकमा गाेबिन्द बहादुर साहलाई मनाेनित गरेका छन्।शाहकै संयाेजकत्वमा ११ सदस्यीय विभाग गठन गरिएको हाे।
सदस्यमा मनाेनित साह वीरगन्जको माईस्थान मन्दिर सञ्चालन समितिका अध्यक्षपनि हुन् ।
आफ्नो प्रतिक्रिया दिनुहोस




